ad ad

समाज


यसपालि बर्खामा वर्षा र तापक्रम सरदरभन्दा बढी हुने प्रक्षेपण (प्रतिवेदनसहित)

यसपालि बर्खामा वर्षा र तापक्रम सरदरभन्दा बढी हुने प्रक्षेपण (प्रतिवेदनसहित)

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
जेठ १, २०८१ मंगलबार ९:४५, काठमाडौँ

आउने मनसुन (बर्खायाम) मा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने आकलन गरिएको छ। 

जल तथा मौसम विज्ञान विभागले मंगलबार बिहान ‘मनसुन सिजनको हावापानी आकलन’ सार्वजनिक गर्दै यसपटकको मनसुनमा वर्षा र तापक्रमको अवस्था के कस्तो रहन्छ भन्ने विषयमा जानकारी दिएको हो। 

विभागले जारी गरेको प्रतिवेदनमा भनिएको छ, ‘आगामी मनसुन सिजनमा देशका अधिकांश स्थानहरूमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना ३५ प्रतिशतदेखि ५५ प्रतिशत रहेको छ। सुदूरपश्चिम प्रदेशको उत्तर-पश्चिमी भूभाग, बागमती प्रदेशको दक्षिण-पूर्वी भूभाग, मधेस प्रदेशको मध्य भूभाग र कोसी प्रदेशको मध्य तथा मध्य-पश्चिमी भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशत रहेको छ।’

यस्तै यस वर्षको मनसुनमा तापक्रम पनि सरदरभन्दा बढी हुने आकलन गरिएको छ। 

मौसम विभागले भनेको छ, ‘अधिकतम तापक्रम देशका अधिकांश स्थानहरूमा सरदरभन्दा बढी हुने सम्भावना ३५ प्रतिशतदेखि ६५ प्रतिशत रहेको छ भने कर्णाली प्रदेशको पश्चिमी भूभाग, गण्डकी प्रदेशको मध्य भूभाग तथा कोसी प्रदेशको उत्तर–पूर्वी भूभागमा सरदर रहने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशत रहेको छ।’

यसैगरी न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी हुने अनुमान गरिएको छ। 

विभागले अगाडि भनेको छ, ‘त्यसैगरी न्यूनतम तापक्रम देशका अधिकांश स्थानहरूमा सरदरभन्दा बढी हुने सम्भावना ३५ प्रतिशतदेखि ६५ प्रतिशत रहेको छ भने सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशको थोरै भूभागमा सरदर रहने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशत रहेको छ।’

नेपालमा मनसुन भित्रिने औसत मिति जुन १३ तारिख हो। तर यसभन्दा केही दिन अघिपछि हुनसक्ने मौसमविद् बताउँछन्।

अहिले भने प्रिमनसुन सिजन चलिरहेको छ। 

मौसमविद्अनुसार नेपालबाट मनसुन बाहिरिने औसत मिति अक्टोबर २ तारिख हो।

तल हेर्नुहोस् मनसुन आकलनको विस्तृत विवरण-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .