ad ad

समाज


नेपाल पस्यो मनसुन, सुरु भयो बर्खायाम

नेपाल पस्यो मनसुन, सुरु भयो बर्खायाम

प्रतिकात्मक तस्बिर


नेपालखबर
जेठ २८, २०८१ सोमबार १४:०, काठमाडौँ

बर्खायाम सुरु गराउने मौसम प्रणाली ‘मनसुन’ नेपालमा आज (जुन १० तारिख) प्रवेश गरेको छ। 

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज (जेठ २८ गते) सूचना जारी गरी नेपालको कोसी प्रदेशबाट मनसुन भित्रिएको जानकार दिएको हो। 

नेपालमा मनसुन पूर्वी क्षेत्रबाट प्रवेश गर्छ। नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ तारिख हो। यस वर्षको मनसुन सरदर मितिभन्दा ३ दिन छिटो नेपाल प्रवेश गरेको हो। 

महाशाखाले भनेको छ, ‘नेपालका अन्य भूभागहरूमा भने केही दिनमा क्रमिक रूपमा मनसुन अगाडि बढ्ने देखिन्छ।’

भारतको उत्तर-पूर्व, बंगलादेश, भुटान हुँदै गत मे ३१ तारिखमै सिक्किम आइपुगेको मनसुन त्यहाँबाट १० दिनपछि नेपाल प्रवेश गरेको हो।

मौसमविद्का अनुसार सुरुमा पूर्वी क्षेत्रमा प्रभाव पार्ने मनसुन क्रमश: देशमर फैलिन्छ। 

मनसुन प्रवेश गरेसँगै औपचारिक रूपमा बर्खायाम सुरु भएको छ। 

हेर्नुहोस् मौसम महाशाखाको सूचना-

यसपालिको मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण मौसमविद्ले यसअघि नै गरिसकेका छन्। 

यो पढ्नुहोस्यसपालि बर्खामा वर्षा र तापक्रम सरदरभन्दा बढी हुने प्रक्षेपण (प्रतिवेदनसहित)

मौसमविद्अनुसार नेपालबाट मनसुन बाहिरिने औसत मितिचाहिँ अक्टोबर २ तारिख हो। 

मनसुन बिदा भएपछि पोस्ट मनसुन सिजन सुरु हुन्छ। यो नोभेम्बरसम्म रहन्छ। त्यसपछि विन्टर अर्थात् हिउँदयाम सुरु हुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .