ad ad

समाज


सामुदायिक विद्यालयले भाडामा लगाएका ६१ वटा सटरमा महानगरले लगायो ताला

सामुदायिक विद्यालयले भाडामा लगाएका ६१ वटा सटरमा महानगरले लगायो ताला

नेपालखबर
जेठ २७, २०८१ आइतबार १७:४६, काठमाडौँ

काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले ४ वटा सामुदायिक विद्यालयले भाडामा लगाएका ६१ वटा सटरमा ताला लगाएको छ। 

विभागसँग प्रमुखको सचिवालय र महानगर प्रहरी बलसहितको टोलीले विद्यालयमा पुगेर व्यवसायिक प्रयोजनमा आएका सटर तथा टहराहरूमा ताला लगाएको हो।

यसरी ताला लगाइएका सटरहरूमध्ये रामशाह पथमा रहेको पद्मोदय माध्यमिक विद्यालयले भाडामा दिएका १७ वटा सटर, बागबजारमा रहेको सहिद शुक्र मा.वि.ले भाडामा दिएका २२ वटा सटर, विजय स्मारक मा. वि. डिल्लीबजारले भाडामा लगाएका ८ वटा सटर र पदमकन्या मा. वि. डिल्लीबजारले भाडामा लगाएका १४ वटा सटरमा ताला लगाइएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .