समाज


कञ्चनपुरमा अढाई लाख रुपैयाँका कुखुरा नष्ट

कञ्चनपुरमा अढाई लाख रुपैयाँका कुखुरा नष्ट

नेपालखबर
फागुन १२, २०७६ सोमबार ११:९,

शुक्लाफाँटा नगरपालिका–१२ कालागौडीबाट अवैधरूपमा भारतबाट ल्याउँदै गरेको दश क्विन्टल कुखुरा आज सशस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी नायब निरीक्षक केशवदत्त विष्टको कमान्डमा रहेको गस्ती टोलीले मोटरसाइलमा ल्याउँदै गरेको चार सय वटा जिउँदो (१० क्विन्टल) कुखुरा बरामद गरेको हो।

बरामद कुखुरा रु दुई लाख ४० हजार मूल्य बराबर रहेको सशस्त्र प्रहरी बल नेपाल नं ३५ गणपति सशस्त्र प्रहरी उपरीक्षक वीरसिंह शाहले बताए। अवैध कुखुरा बोक्न प्रयोग गरिएका चार थान मोटरसाइलसमेत बरामद गरिएको उनले बताए। उनका अनुसार से२प ६८३, म१प ४६९, म२प १२६४ र भारतीय युपी ३१ विसी ८५०१ नंका मोटरसाइकल बरामद गरिएको छ।

सशस्त्र प्रहरीको टोली देखेपछि कुखुरा तस्करीमा संलग्नहरु भागेको सशस्त्र प्रहरी उपरीक्षक शाहले बताए। बरामद गरिएका कुखुरा सरोकारवालाहरुको रोहवरमा नष्ट गरिएको छ। बरामद मोटरसाइकललाई भन्सारमा बुझाउने तयारी गरिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad