प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार तेह्रथुमस्थित जन्मघर पुगेर जन्मदिन मनाएको भोलिपल्ट नेकपाकै अर्का प्रभावशाली नेताले ओलीप्रति ट्विटरमा कटाक्ष गरेका छन्।
प्रधानमन्त्रीले ठूलै केक काटेर जन्मोत्सव मनाएपछि सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको थियो। खास गरी उनले नेपालको नक्सा आकारको केक काटी जन्मदिन मनाएका थिए।
सोही कारण ट्विटर र फेसबुकमा ओलीको आलोचनात्मक चर्चा बढी भएको थियो। तर सोमबार नेकपाकै नेताले ओलीको जन्मोत्सव मनाउने शैलीप्रति कडा धारणा व्यक्त गरेका हुन्।
प्रधानमन्त्रीज्यूलाई जन्मदिनको शुभकामना !
यो मनन गर्नु भने उचित हुन्छ-केक काट्ने नेपाली मौलिक सँस्कृति होइन, देशलाई हामी आमा भन्छौं, काटेर खान मिलेन, अँझ 'समृध्दि' का लागि संसारका सामु हात पसारिरहेको बेला अति ठूलो रकम खर्चेर जन्मदिन मनाउन मिल्दैन; पार्टी निर्णयले झनै मिल्दैन ।
‘प्रधानमन्त्रीज्यूलाई जन्मदिनको शुभकामना !’, रावलले ओलीलाई शुभकामना दिँदै भनेका छन्, ‘यो मनन गर्नु भने उचित हुन्छ(केक काट्ने नेपाली मौलिक सँस्कृति होइन, देशलाई हामी आमा भन्छौं, काटेर खान मिलेन।’
जन्मदिन मनाउँदै प्रधानमन्त्री ओली। तस्बिरः रासस
यतिमात्र हैन रावलले समृद्धिका लागि हात पसारिरहेको बेला अति ठूलो रकम खर्चेर जन्मदिन मनाउन नमिल्ने समेत बताएका छन्। उनले पार्टी निर्णयले त झनै नमिल्ने धारणा सार्वजनिक गरेका छन्। यसलाई प्रधानमन्त्री ओलीले कसरी लेलान्, त्यो त हेर्न बाँकी नै छ।
Shares

प्रतिक्रिया