दक्षिण कोरियाली समाचार संस्था योनहापका अनुसार उत्तर कोरियाले क्वारेन्टाइनमा राखेका अधिकाँश व्यक्तिहरु विदेशी कुटनीतिज्ञहरु हुन्।
करिब २ सय विदेशी नागरिकलाई उत्तर कोरियाले घरबाट बाहिर निस्कन दिएको थिएन। यतिबेला क्वारेन्टाइनको समय बढाइएको बताइएको छ।
सबै विदेशी कुटनीतिज्ञहरु घरबाट बाहिर निस्कन पाएका छैनन्।
उत्तर कोरियामा हालसम्म कोरोनाबाट संक्रमितको जानकारी आएको छैन। दक्षिण कोरियामा भने कोरोनाभाइरसका कारण ७ जनाको मृत्यु भइसक्दा ७६३ जना संक्रमित बनिसकेका छन्। त्यहाँका ७ हजार ७ सय सेनालाई क्वारेन्टाइन्मा राखिएको छ।
यसैबीच चीनको उहानबाट उत्पन्न भएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर संक्रमित हुनेको संख्या ७९ हजार नाघेको छ।
सोमबार बिहानसम्मको तथ्यांकअनुसार विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या ७९ हजार १ सय ४० पुगेको हो। जसमध्ये चीनमा मात्रै ७६ हजार ९ सय ३६ जना संक्रमित भएका हुन्।
यसैगरी अहिलेसम्म उक्त भाइरसको संक्रमणबाट विश्वभर २ हजार ४ सय ६८ जनाको मृत्यु भएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार कोरोना संक्रमणबाट अहिलेसम्म चीनमा मात्रै २ हजार ४ सय ४२ जनाको मृत्यु भएको हो। चीनबाहिर २६ जनाको मृत्यु भएको छ।
जसअनुसार दक्षिण कोरियामा ७, इरानमा ८, जापानमा ४, इटालीमा २, हङकङमा २, ताइवानमा १, फ्रान्समा १, फिलिपिन्समा १ जनाको मृत्यु भएको हो। एजेन्सी

प्रतिक्रिया