बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो २५औँ वर्ष पूरा गरेको उपलक्ष्यमा ‘बीओके सहज बचत खाता’ सार्वजनिक गरेको छ। ग्राहकसँगको २५ वर्षसम्म निरन्तर सहयात्राको शुभ अवसरमा सौगातस्वरुप बैंकले उक्त खाता सञ्चालनमा ल्याएको जनाएको छ।
बैंकले २५ वर्षदेखि सफलतालाई सहज बनाउँदै भन्ने मूलनाराका साथ सार्वजनिक गरिएको उक्त खाता ग्राहकले मात्र २५ रुपैयाँमा नै खोल्न सक्नेछन्।
बैंकका अनुसार उक्त बचत खातामा उच्चतम ब्याजदरको व्यवस्थासहित थुप्रै निःशुल्क सुविधाहरु रहेका छन्। उक्त बचत खाताका विशेषताहरुमा वार्षिक ६ प्रतिशत ब्याजदर, न्यूनतम मौज्दात २५ रुपैयाँ मात्र, त्रैमासिक ब्याज भुक्तानीको सुविधा, पहिलो वर्ष निःशुल्क डेबिट कार्डको व्यवस्था, पहिलो वर्ष निःशुल्क मोबाइल बैंकिङ्गको व्यवस्था, पहिलो वर्ष निःशुल्क इन्टरनेट बैंकिङ्ग व्यवस्थालगायत रहेका छन्।
ग्राहकमुखी विशेषताहरुसहित सञ्चालनमा ल्याएको उक्त खाताले ग्राहकको जीवन अझ सहज बनाउने विश्वास बैंकले लिएको छ। हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ८७ शाखा कार्यालयहरु, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट ग्राहकलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया