समाज


उपत्यकामा आज बिहान भएका सवारी दुर्घटनामा तीनको मृत्यु

उपत्यकामा आज बिहान भएका सवारी दुर्घटनामा तीनको मृत्यु

नेपालखबर
फागुन १२, २०७६ सोमबार २:२६,

काठमाडौँ उपत्यकामा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।

ललितपुर र भक्तपुरमा भएका दुई छुट्टाछुट्दै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

सोमबार बिहान ४ बजे ललितपुरको बालकुमारीमा बा ३८ प ८३५७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।

तिब्र गतिमा रहेको मोटरसाइकल सडकको रेलिङमा ठोक्किंदा लाजिम्पाटका ३० वर्षीय दिवस किशोर भट्टराई र मोटरसाइकलको पछाडि बसेकी ३१ वर्षीया ललिता राईको मृत्यु भएको प्रहरी परिसर जावलाखेलले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका भट्टराई र राईको उपचारको क्रममा बीएण्डबी अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ।

राईको ठेगाना भने खुलेको छैन। उनीहरु दुबैको शव हाल बिएण्डबीमै छ।

त्यसैगरी गएराति भक्तपुरको च्यामासिंहमा बा ३ क ३५८८ नम्बरको ट्रकको ठक्करबाट ११ वर्षीय बालकको मृत्य भएको छ।

पैदल हिँडिरहेको बेल ट्रकले ठक्कर दिँदा बालक तिलक मकाजुको ज्यान गएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad