समाज


जेठ २० सम्म तराईमा तातो हावा चल्ने सम्भावना, स्वास्थ्यमा यस्तो असर पर्न सक्ने चेतावनी

जेठ २० सम्म तराईमा तातो हावा चल्ने सम्भावना, स्वास्थ्यमा यस्तो असर पर्न सक्ने चेतावनी

फाइल तस्बिर


नेपालखबर
जेठ १९, २०८१ शनिबार ८:५९, काठमाडौँ

आगामी केही दिनसम्म तराईमा अत्यधिक गर्मी हुने सम्भावना रहेकाले होसियारी अपनाउन आग्रह गर्दै मौसम पूर्वानुमान महाशाखाले चेतावनी जारी गरेको छ। 

महाशाखाका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा केही दिनदेखि अधिकतम तापक्रम लगातार ४० डिग्री सेल्सियस वा सोभन्दा पनि माथि उक्लिएको छ। 

महाशाखाले भनेको छ– ‘तसर्थ ती भूभागमा आगामी २ दिन (जेठ १९ देखि २० गतेसम्म) तातो हावा तथा तातो लहरको सम्भावना रहेको हुनाले सो को असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’ 

महाशाखाका अनुसार,

सम्भावित असर 
तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरू जस्तैः थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि। 

बच्ने उपाय
तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, घाममा बढी नबस्ने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, पटक-पटक पानी तथा झोल पदार्थ (जुस, सर्वत आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या देखिए स्वास्थ्यकर्मीसँग सल्लाह, सुझाव लिने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad