ad ad

समाज


नेपालमा उत्तर प्रदेशदेखि बंगलादेशसम्म फैलिएको न्यून चापीय प्रणालीको आंशिक प्रभाव

वर्षाको सम्भावना कति?
नेपालमा उत्तर प्रदेशदेखि बंगलादेशसम्म फैलिएको  न्यून चापीय प्रणालीको आंशिक प्रभाव

शनिबार बिहान देखिएको काठमाडौँको एउटा दृश्य


नेपालखबर
जेठ १९, २०८१ शनिबार ६:५१, काठमाडौँ

नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि बंगलादेशसम्म फैलिएको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ।

यतिबेला (शनिबार बिहान) कोसी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने बाँकी भूभागको मौसम  मुख्यतया सफा रहेको छ। कोसी प्रदेशका एकदुई स्थानमा अहिले मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षा भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो कोसी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी र बागमती प्रदेशका थोरै स्थान तथा बाँकी पहाडी भूभागका एकदुई स्थानमा दिउँसो मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

कोसी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमादिउँसो हल्का हिमपातको पनि सम्भावना रहेको छ।

आज राति कोसी, मधेस, बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। 

कोसी, मधेस र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले अनिबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ। 

कस्तो होला आइतबार र सोमबारको मौसम? 
२०८१ जेठ २० गते आइतबार 
दिउँसोː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातिː कोसी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोसी र बागमती प्रदेशको थोरै स्थानहरुमा तथा  बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

२०८१ जेठ २१ गते सोमबार

दिउँसोː कोसी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातिː देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोसी प्रदेशको थोरै स्थानहरुमा तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 
कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी  पहाडी भूभागको एकदुई स्थानमा मेघगर्जन रचट्या्ङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .