ad ad

समाज


समाचारमा आएको विषयले न्यायाधीश फैसला गर्नै डराउनु हुँदैन : न्यायाधीश फुँयाल

समाचारमा आएको विषयले न्यायाधीश फैसला गर्नै डराउनु हुँदैन : न्यायाधीश फुँयाल

नेपालखबर
जेठ १२, २०८१ शनिबार १३:५७, काठमाडौँ

सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुँयालले अदालत रिपोर्टिङलाई विशेष रिपोर्टिङका रुपमा स्थापित गराउनुपर्ने बताएका छन्। 

शुक्रबार साँझ काभ्रेपलाञ्चोकको धुलिखेलमा सर्वोच्च अदालत र संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको आयोजनामा भएको अदालती रिपोर्टिङ र सञ्चारमाध्यम विषयक कार्यशालामा बोल्दै उनले राजनीतिक रिपोर्टिङबाट अदालती रिपोर्टिङलाई निकालेर छुट्टै प्रोफेसनल वा स्पेसलिष्ट रिपोर्टिङ बनाउन  बाँकी रहेको बताए। 

न्यायाधीश फुँयालले ‘हाई प्रोफाइल केस’मा मिडिया ट्रायल हुने गरेको बताउँदै उनले अदालती रिपोर्टिङमा केही चुनौतिहरू अझै रहेको बताए। 

‘अहिलेको लिगल रिपोर्टिङका केही चुनौतिहरू छन्। अहिलेको लिगल रिपोर्टिङ भनेको मुख्यतया राजनीतिक रिपोर्टिङसँग गाँसिएर आउँछ। हामी सेप्रेसन अफ पावरको कुरा गर्दछौँ, सेप्रेसन अफ लिगल रिपोर्टिङ स्टिल एण्ड एचटुबी एचिभ। मेन स्ट्रिम पोलिटिकल न्युजहरुबाट लिगल रिपोर्टिङलाई छुट्याएर छुट्टै प्रोफेसनल वा स्पेसलिष्ट रिपोर्टिङ बनाउन वास्तवमा अझै बाँकी छ,’ उनले भने, ‘अहिले रिपोर्टिङ कस्तो छ भन्दा हाइ प्रोफाइल केसेसहरूको रिपोर्टिङ गर्दा त्यसपछि कहिले काहीँ अब हामी त्यसलाई यन अदर ल्याङ्ग्वेज पत्रकारहरूले त भन्नुहुन्न, स्क्यान्डलाइज गर्ने भनेर पनि भनिन्छ।’

अहिलेको अदालती रिपोर्टिङ राजनीतिक रिपोर्टिङसँग जोडेर लिने गरिएको उनले उल्लेख गरे।
न्यायाधीश फुँयालले कतिपय न्यायाधीशहरू पनि मिडिया ट्रायलको प्रभावमा पर्ने गरेको भन्दै मिडिया ट्रायल प्रभावमा न्यायाधीशहरू बहकिनु नहुने बताए।

‘अर्को भाषामा भन्दा मिडिया ट्रायल गर्ने। हाइ प्रोफाइल केसेसहरू। अहिलेकै केही हाइ प्रोफाइल केसेसहरू हामीले उदाहरणका रुपमा लिनसक्छौँ। कतिपय जजहरुलाई एकदम त्यसको सिन्ड्रोम बसिसकेको हुन्छ। कतिपय कोर्ट अफिसर्स र जजहरुलाई त्यसको प्रभाव परिरहेको हुन्छ। मिडियाले के भन्ला, कसो भन्ला, भन्ने सिन्ड्रोम तयार भइसकेको हुन्छ, हामी त्यो चरणमा छौँ। अहिले पछिल्लो चरणमा क्रमशः पोजिटिभ रिपोर्टिङ हुँदै गएको छ,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .