आज (बुधबार) देशका कम्तीमा १० जिल्लामा बाढीको जोखिम देखिएकाले उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले सम्बन्धित क्षेत्रका बासिन्दालाई सुझाव दिएको छ।
महाशाखाले बुधबार बिहान बुलेटिन जारी गरी उदयपुर, सिन्धुली, मकवानपुर, चितवन, लम्जुङ, कास्की, पर्वत, तनहुँ, स्याङ्जा र आसपास जिल्ला भई बहने ससाना नदीमा बहाव बढ्ने सम्भावना रहेको जानकारी दिएको हो।
बुलेटिनमा सचेत गराउँदै अगाडि भनिएको छ, ‘नदीतटीय तटिय क्षेत्रमा उच्च सतर्कता अपनाइराखौँ।’
यसैबीच आज कमला नदीमा बहाव उल्लेख्य बढ्ने भएको उल्लेख गर्दै तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध बाढी महाशाखाले अनुरोध गरेको छ।
विस्तृत जानकारी तल-
4.0k
Shares
प्रतिक्रिया