ad ad

समाज


यी ६ सय २० जनाको कैदकट्टा सिफारिस, ३ दिनभित्र उजुरी गर्न सकिने (सूचीसहित)

यी ६ सय २० जनाको कैदकट्टा सिफारिस, ३ दिनभित्र उजुरी गर्न सकिने (सूचीसहित)

नेपालखबर
असार १२, २०८१ बुधबार १२:२२, काठमाडौँ

कारागार व्यवस्थापन विभागले कैदीबन्दीको कैदकट्टा सिफारिसमाथि कैफियत भए उजुरी दिन भन्दै सार्वजनिक अनुरोध गरेको छ।

यस वर्ष ६ सय २० जना कैदीबन्दीको कैदकट्टाका लागि सिफारिस गरिएको छ। उक्त प्रयोजनका लागि कैदकट्टा नियमावली, २०७६ को नियम ६(३) मा भएको व्यवस्था बमोजिम सिफारिस भएका कैदीबन्दीको सम्बन्धमा कुनै उजुरी तथा गुनासो भए विभागमा दर्ता गर्न सार्वजनिक अनुरोध गरिएको विभागका निर्देशक कमलप्रसाद पाण्डेले जानकारी दिए।

फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ तथा फौजदारी कसुर कैदकट्टा नियमावली, २०७६ (तेस्रो संशोधन २०८१) र ज्येष्ठ नागरिक ऐन, २०६३ मा कैद कट्टासम्बन्धी व्यवस्था छन्।

गृह मन्त्रालयले जेठ २२ गते कैदीबन्दीको कैदकट्टा गर्ने प्रयोजनका निमित्त सिफारिस पठाउन सबै कारागार र बालसुधार गृहमा पत्राचार गरेको थियो। 

कैद छुटको लागि सिफारिस गर्न योग्य ठानिएका ६ सय २० कैदीबन्दीको निवेदनसहितको विवरण सम्बन्धित कारागार प्रशासक र प्रमुख जिल्ला अधिकारीबाट सिफारिस प्रमाणित भई आएको निर्देशक पाण्डेले  बताए।

उनका अनुसार फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ बमोजिम ५० प्रतिशत कैद भुक्तान गरेका ५ सय ८६ जना र ज्येष्ठ नागरिक ऐन, २०६३ दफा १२ को व्यवस्था बमोजिम कैद भुक्तान गरेका ३ जना छन् ।

सर्वोच्च अदालतको २०८० वैशाख ८ मा भएको फैसलासमेतका आधारमा २०७५ भदौ १ भन्दा अगाडि घटना भई ४० प्रतिशत कैद भुक्तान गरेका ३१ जना छन्।

सिफारिसमा परेका कैदीबन्दीको कैदकट्टाबारे कुनै उजुरी तथा गुनासो भएमा तथ्य र प्रमाणसहित विभागमा उपस्थित भई वा विभागको इमेल ठेगानामा दर्ता गराउन सार्वजनिक सूचना जारी गरिएको छ। यसरी उजुरी गर्ने समय यही असार १५ गतेसम्म तोकिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .