कपिलवस्तुको यशोधरामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ।
बुधबार बिहान खेतमा काम गर्न जाने क्रममा चट्याङ लागेर उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
मृत्यु हुनेमा बुद्धभूमि नगरपालिका–१० धनकौलीका १७ वर्षीय राजु ठाकुर र यशोधरा गाउँपालिका–६ भैइसहियाका २२ वर्षीय महेश कलवार रहेका जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए।
आज बिहान साढे ७ बजेतिर खेतमा काम गर्दैगर्दा चट्याङ लागेर उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
कैलालीमा चट्याङ लागेर २ जनाको मृत्यु, विद्यालय गइरहेका ३ बालिका गम्भीर घाइते
9
Shares
प्रतिक्रिया