ad ad

समाज


पोखरामा सडक भासियो, सवारी आवागमनमा समस्या

पोखरामा सडक भासियो, सवारी आवागमनमा समस्या

फाइल तस्बिर


नेपालखबर
असार १२, २०८१ बुधबार १२:६, कास्की

पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–१४ चाउथेमा सडक भासिँदा सवारी आवागमनमा समस्या भएको छ। 

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सो राजमार्ग आज बिहान भासिएको हो। 

अविरल वर्षाका कारण चाउथेको आनन्द टोल घट्टेकुलोमा पानीको बहाव बढ्दा पृथ्वी राजमार्ग सडकखण्ड भासिएको कार्यालयका  सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए।

उक्त स्थानबाट करिब १० मिटर अगाडिको सडकको दायाँतर्फ करिब सात मिटर लम्बाइ र करिब एक मिटर चौडाइ सडक भासिएको छ। सडक मर्मत गरेर यातायात सहज बनाउने प्रयास भइरहेको शर्माले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .