ad ad

समाज


सईदेखि जवानसम्म १९ प्रहरी सम्पर्कविहीन

सईदेखि जवानसम्म १९ प्रहरी सम्पर्कविहीन

फाइल तस्बिर


नेपालखबर
जेठ ११, २०८१ शुक्रबार ७:४३, काठमाडौँ

नेपाल प्रहरीमा कार्यरत १९ जना प्रहरी सम्पर्कविहीन भएपछि प्रहरी प्रधान कार्यालयले सूचना जारी गरेको छ।

शुक्रबार प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै आफूखुशी गैरहाजिर रहेका १९ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको हो।

उनीहरु दुई महिनाभन्दा बढी समयदेखि आफूखुशी गैरहाजिर रहेको सूचनामा उल्लेख छ। .

सबै ढंगले खोजतलास गर्दा र प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दासमेत ती प्रहरी कर्मचारी सम्पर्कमा नआएका प्रहरी प्रधान कार्यालयको भनाई छ। 

प्राविधिक प्रहरी नायब निरीक्षक अन्जन सिंखडा, प्रहरी सहायक निरीक्षक भोजराज न्यौपाने, प्रहरी हवलदारहरू कमल रोका मगर देवेन्द्र डिसी, यौनी कमार मण्डललगायत १९ प्रहरीले गत चैत महिनादेखि गैरहाजिर छन्।

हेर्नुहोस् सूचना 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .