काठमाडौंको सिनामंगलमा मंगलबार बिहान दुई माइक्रोबस आपसमा ठोक्किँदा १६ जना घाइते भएका छन्।
सूचना विभागको कार्यालय अगाडि बिहान साढे चार बजे दुर्घटना भएको प्रहरीले जनाएको छ।
गौशालाबाट तीनकुनेतर्फ जाँदै गरेको बा ४ ख ५१०० नम्बरको हायस र सिनामंगलबाट गौशालातर्फ जाँदै गरेको बा १ झ ९७७६ नम्बरको माइक्रो एकापसमा ठोक्किएका महानगरीय प्रहरी वृत गौशालाले जनाएको छ।
घाइते हुनेमा १३ जना पुरुष र ३ जना महिला रहेका छन्।
उनीहरुको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजसहितका अस्पतालमा उपचार भइरहेको छ।
3
Shares

प्रतिक्रिया