ad ad

समाज


वृषलाई अवसरै अवसर आउने, सिंहको आफन्तसँग मनमुटाव हुने, तपाईँलाई कस्तो? हेर्नुस् जेठ ११ को राशिफल

वृषलाई अवसरै अवसर आउने, सिंहको आफन्तसँग मनमुटाव हुने, तपाईँलाई कस्तो? हेर्नुस् जेठ ११ को राशिफल

पण्डित नारायणप्रसाद दुलाल
जेठ ११, २०८१ शुक्रबार ४:४३, काठमाडौँ

आज शुक्रबार, ११ जेठ २०८१ (२४ मे २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : नजिकैका व्यक्तिले मन दुखाउन सक्नेछन्। सुन्दरतामा धन खर्च हुनेछ। स्वास्थ्य प्रतिकूल रहन सक्छ अतः  सचेत रहनु होला। जिद्दीपनले गर्दा काम बिग्रने डर छ। साँझमा शुभ समाचार मिल्नेछ।

भाग्यशाली रङ रातो र अङ्क २ हो भने प्रेम र सम्बन्धमा ३१, व्यापारमा ४५, वैदेशिक कार्यमा ४६ र शिक्षामा ३० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ३० र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।

वृष : नयाँ कार्यको योजना बन्नेछ। सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। पर्यटकीय भ्रमणले थप ऊर्जा प्रदान गर्नेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। सहयोगीको सङ्गतले फाइदा हुने काम गरिनेछ।

भाग्यशाली रङ सेतो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६४, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७८, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

मिथुन : सांस्कृतिक सभासमारोहमा सरिक हुने समय छ। विद्या र बुद्धिको विकास हुनेछ। सजिलै अरूको विश्वास जित्न सकिनेछ। कसैले लगेको धन फिर्ता गर्न आउनेछन्। धार्मिक तथा ऐतिहासिक महत्त्वको क्षेत्रमा भ्रमण हुन सक्छ।

भाग्यशाली रङ निलो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ५०, व्यापारमा ६५, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। झुट नबोल्ने।

कर्कट : प्राविधिक काममा सफलता मिल्नेछ। शुभकार्यको चर्चा चल्नेछ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। तपाईँको लगनशीलतालाई भित्रभित्रै मन पराइएको अवस्था हुन्छ।

भाग्यशाली रङ हरियो र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ८२, व्यापारमा ६२, वैदेशिक कार्यमा ५० र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गर्ने। अरूलाई दु:ख दिने काम नगर्ने।

सिंह : यात्रा र आतिथ्य खर्चिलो बन्नेछ। आफन्तसँग मनमुटाव बढ्ने तथा गलत आश्वासन बाँड्नाले समस्या आउन सक्छ। किनमेल गर्दा विशेष सावधानी अपनाउनुहोला। आफूले ठीक मानेर गरेको काममा आफैँलाई सन्तुष्टि मिल्ने छैन।

भाग्यशाली रङ रातो र अङ्क ९ हो भने प्रेम र सम्बन्धमा ३०, व्यापारमा ४०, वैदेशिक कार्यमा ४९ र शिक्षामा ३८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ३१ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। खैरो रङको प्रयोग नगर्ने।

कन्या : रमाइलो यात्राको योग छ। पुराना साथीभाइसित भेटघाट र रमाइलो गरिनेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। कला प्रविधिका क्षेत्रमा उन्नति हुने देखिन्छ। हाँसखेल र मनोरञ्जनपूर्ण समय रहेको छ।

भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६५, वैदेशिक कार्यमा ७० र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ६८ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज दीर्घकालीन महत्त्वको काम सुरु गर्नुअघि वृक्षारोपण गर्ने। यात्रा खासै फलदायी देखिँदैन तसर्थ भरिसक्के लामो यात्रा नगर्ने।

तुला : घरायसी कार्य अगाडि बढ्नेछ। रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ। नयाँ काम र शुभ समाचार सुन्न पाइएला। गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६०, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ७६ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुड खाने। छलकपट नगर्ने।

वृश्चिक : हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। आफन्त, सहयोगी र मित्र वर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुन सक्छ।

भाग्यशाली रङ रातो र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५०, व्यापारमा ६६, वैदेशिक कार्यमा ५० र शिक्षामा ७८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

धनु : आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। अवरोध सृजना हुन सक्ने सम्भावना रहेकोले सङ्घर्षको सामना गर्नुपर्ने छ। यात्रामा सावधानी अपनाउनु पर्नेछ। साँझमा आफन्तजनसँग सम्बन्ध राम्रै कायम हुनेछ।

भाग्यशाली रङ खैरो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३९, व्यापारमा ४०, वैदेशिक कार्यमा ४६ र शिक्षामा ३३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४९, यात्राको योग ३४ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

मकर : सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। दोहोर्‍याएर गर्दा अधुरो कार्यले पूर्णता पाउनेछ। सोचेका, सुरु गरेका काम सम्पन्न हुनेछन्। बोलीवचनमा संयम रहनुपर्ने देखिन्छ।

भाग्यशाली रङ सेतो र अङ्क १ हो भने प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६०, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।

कुम्भ : रमणीय र सुखद यात्राको योग छ। नयाँ व्यक्तिसँग भेटघाट हुनेछ। साथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ। सांस्कृतिक कृत्यमा रुचि बढ्नेछ। बोलीवचनमा भने संयमता अपनाउनु पर्नेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६७, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। छलकपट नगर्ने।

मीन : आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। अध्ययन र प्राविधिक कार्यमा रुचि बढ्नेछ। कार्य क्षेत्रमा अरूले गरे/भनेका कुरामा चित्त नबुझ्न सक्छ। तर, संयमता अपनाउनु नै बुद्धिमानी हुनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ५६, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५०, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ५४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। निलो रङको प्रयोग उपयुक्त छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .