ad ad

समाज


६ जेठको राशिफल : वृषलाई आर्थिक लाभ हुने, कर्कटलाई साथीभाइबाट हिम्मत मिल्ने, तपाईंलाई के?

६ जेठको राशिफल : वृषलाई आर्थिक लाभ हुने, कर्कटलाई साथीभाइबाट हिम्मत मिल्ने, तपाईंलाई के?

पण्डित नारायणप्रसाद दुलाल
जेठ ६, २०८१ आइतबार ४:३०, काठमाडौँ

मेष : गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ। विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ। चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्ला। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ।

आजको भाग्यशाली रङ्ग निलो र भाग्यशाली अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ६२, र व्यापारमा ५३, सेयरबजारमा ७४, वैदेशिक कार्यमा ७५ र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।

त्यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङ्गको प्रयोग नगर्ने।    

वृष : कुनै समाचारले मनमा शान्ति छाउनेछ। परोपकारका क्षेत्रमा लगानीको समय छ। आर्थिक लाभ हासिल हुन सक्ने देखिन्छ। कुनै कुराले मनमा शान्ति छाउनेछ। अरूको मुख नताकी सही निर्णय लिन सके थप अवसर प्राप्त होला।   

आजको भाग्यशाली रङ्ग हरियो र भाग्यशाली अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, र व्यापारमा ६८, सेयरबजारमा ७७, वैदेशिक कार्यमा ६६  र शिक्षामा ७५ प्रतिशत सफलता मिल्नेछ।

त्यसैगरी स्वास्थ्य अनुकूलता ८४, यात्राको योग ५३ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

मिथुन : अल्छीपन र आलस्य नत्यागेमा आँटेको काममा सफलता नमिल्न सक्छ। साँझमा पैसा खर्च हुने योग छ। स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनेछ। बाहिरी गफगाफमा भुलिँदा व्यापार व्यवसायमा असर पर्न सक्छ।

आजको भाग्यशाली रङ्ग रातो र भाग्यशाली अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ३९, र व्यापारमा ४८, सेयरबजारमा ३७, वैदेशिक कार्यमा ४६ र शिक्षामा ३५ प्रतिशत सफलता मिल्नेछ।

त्यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ३३ र सम्पूर्ण भाग्याङ्क ४४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले अग्रज व्यक्तिसँग सुझाव लिने। अखाद्य वस्तुको सेवन नगर्ने।

कर्कट : साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। सामाजिक उत्तरदायित्व या पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ। अध्ययन अध्यापनको क्षेत्र सबल रहनेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ।

आजको भाग्यशाली रङ्ग सेतो र भाग्यशाली अङ्क ९रहेको छ। प्रेम र सम्बन्धमा ५६, व्यापारमा ६०, सेयरबजारमा ७४, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

त्यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्रेमीको सल्लाह मान्ने। कालो रङ्गको प्रयोग नगर्ने।

सिंह : आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ। रमाइलो यात्राको योग रहेको छ। ठीक समयमा सही निर्णय लिन सकिनेछ। पढाइलेखाइमा प्रगति गर्न नसकिने देखिन्छ। पुनर्मिलनको योग रहेको छ।

आजको भाग्यशाली रङ्ग निलो र भाग्यशाली अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६६, सेयरबजारमा ७५, वैदेशिक कार्यमा ५४ र शिक्षामा ८३ प्रतिशत सफलता मिल्नेछ।

त्यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ६१ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षारोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

कन्या : आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। नयाँ लक्ष्य प्राप्तिको योग देखिन्छ। घर परिवारका सदस्यहरूबाट सहयोग पाइनेछ। तपाईंको मेहनतको प्रशंसा गर्नेछन्। धार्मिक यात्राको योग छ।

आजको भाग्यशाली रङ्ग हरियो र भाग्यशाली अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६४, सेयरबजारमा ७६, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

त्यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङ्गको प्रयोग नगर्ने।

तुला : आजको दिन माध्यम नै रहनेछ। स्वास्थ्यसम्बन्धी चिन्ता बढ्नेछ। महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। आत्मबल बढाएर काम गरेमा असफल भइँदैन तर महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुपर्छ।

आजको भाग्यशाली रङ्ग पर्पल र भाग्यशाली अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३१, व्यापारमा ४३, सेयरबजारमा ३५, वैदेशिक कार्यमा ४७ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

त्यसैगरी स्वास्थ्य अनुकूलता ४१, यात्राको योग ७३ र सम्पूर्ण भाग्याङ्क ३५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसीक भोजन नगर्ने।

वृश्चिक : रोकिएका अधुरा कार्यले पूर्णता पाउनेछ। पेसा र व्यवसायबाट लाभ हुनेछ। धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ। कृषि क्षेत्रबाट सफलता र रमाइलो यात्रा हुनेछ। पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ।

आजको भाग्यशाली रङ्ग आकाशे र भाग्यशाली अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६२, सेयरबजारमा ७६, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।

त्यसैगरी स्वास्थ्य अनुकूलता ७८, यात्राको योग ५३ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। दक्षिण दिशाको यात्रा नगर्ने।

धनु : पुनर्मिलनको योग रहेको छ। मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ तर विश्वास पात्रले भाषा परिवर्तन गर्न सक्छन्।  

आजको भाग्यशाली रङ्ग पहेँलो र भाग्यशाली अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६८, सेयरबजारमा ७५, वैदेशिक कार्यमा ५६ र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ।

त्यसैगरी स्वास्थ्य अनुकूलता ८५, यात्राको योग ५३ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भैरवजीको दर्शन गर्ने। उत्तर दिशा नजाने।

मकर : कार्य सम्पादनमा सहजता मिल्नेछ। रोकिएका अधुरा कामहरू पूरा हुनेछन्। तार्किक क्षमता एवं बोलीको प्रभावले स्वरोजगार भइनेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। सरकारी निकायको भय रहनेछ। अत: सावधान रहनुहोला।  

आजको भाग्यशाली रङ्ग पहेँलो र भाग्यशाली अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६६, सेयरबजारमा ७७, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

त्यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङ्गको प्रयोग नगर्ने।

कुम्भ : महत्त्वपूर्ण अवसर गुम्न सक्नेछन्। राम्रै काम गरे पनि कार्यमा अवरोध आउला। भोजभतेरमा सामेल हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला। साँझमा भने प्रतिष्ठित व्यक्तिसँगको अन्तर्क्रियाले मनोबल उच्च बनाउनेछ।

आजको भाग्यशाली रङ्ग गुलाबी र भाग्यशाली अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ४२, व्यापारमा ५३, सेयरबजारमा ४८, वैदेशिक कार्यमा ७३ र शिक्षामा ३२ प्रतिशत सफलता मिल्नेछ।

त्यसैगरी स्वास्थ्य अनुकूलता ४४, यात्राको योग ३९ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छल कपट नगर्ने।

मीन : राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाइने हुनाले सार्वजनिक पद पाउने योग रहेको छ। बोलीको भरमा सङ्कल्प सिद्ध हुनसक्छ। विद्या र बुद्धिको विकास हुनेछ। शुभ समाचार सुन्नमा आउला।

आजको भाग्यशाली रङ्ग गुलाबी र भाग्यशाली अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६७, सेयरबजारमा ७५, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

त्यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षारोपण गर्ने। आवेगमा लगानी नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .