ad ad

समाज


राशिफल ३ जेठ : मेषको प्रेममा सफलता, सिंह र मीनलाई धन प्राप्ति, तपाईँको के?

राशिफल ३ जेठ : मेषको प्रेममा सफलता, सिंह र मीनलाई धन प्राप्ति, तपाईँको के?

पण्डित नारायणप्रसाद दुलाल
जेठ ३, २०८१ बिहिबार ४:४६, काठमाडौँ

आज बिहीबार, ३ जेठ २०८१ (१६ मे २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : शुभकार्यको चर्चा चल्नेछ। राजनीतिक, सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। प्रसन्नतापूर्वक समय व्यतीत हुनेछ। प्रेम प्रसङ्गमा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रको अधुरो काम अघि बढ्नेछ।

भाग्यशाली रङ पर्पल र अङ्क २ हो भने प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६४, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। कालो रङको प्रयोग फाप्ने देखिएन।

वृष : नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। आफन्तजनसँग मनमुटाव बढ्नेछ। घरपरिवारमा झै-झमेलाको अवस्था आउला। साँझपख सद्‌विचारले अभिप्रेरित हुनेहरूलाई विस्तारै लाभ हुनेछ।

भाग्यशाली रङ कालो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ३९, व्यापारमा ४६, सेयर बजारमा ३५, वैदेशिक कार्यमा ४६ र शिक्षामा ३२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४८, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ४३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। निलो रङको प्रयोग अनुकूल छैन।

मिथुन : सुखद यात्राका अवसर प्राप्त हुनेछन्। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। परिश्रम गर्दा धनार्जन हुनेछ। शुभ समाचार सुन्नमा आउला। सहयोगी हात अघि बढ्नेछन्।

भाग्यशाली रङ पहेँलो र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६७, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिनु राम्रो हुनेछ। उत्तर दिशाको यात्रा फलदायी छैन।

कर्कट : लाभहानि, सुखदुःख बराबरी खालको दिन छ। श्रमको उचित मूल्याङ्कन हुनेछ। नयाँ व्यक्तिसँग भेटघाट हुने समय छ। राजनीतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ।

भाग्यशाली रङ गुलाबी र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५९ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ।  छलकपटतिर नलाग्दा बेस।

सिंह : सञ्चार र प्रविधिमार्फत आफन्तसँग भेटघाट हुनेछ। धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ। रोकिएको धन हात पर्ला। इनाम र प्रतिष्ठा कमाउने बेला छ। नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ।

भाग्यशाली रङ कालो र अङ्क ४ हो भने प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६१, सेयर बजारमा ७४, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५९ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। भरिसक्के लामो यात्रा नगर्ने।

कन्या : विद्यामा सोचेजस्तो प्रगति गर्न धेरै समय दिनुपर्ला। महत्त्वपूर्ण अवसर गुम्न सक्ने देखिन्छ तर चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ। यद्यपि, धेरै ठूलो महत्त्वाकाङ्क्षा लिएर काम नगर्नु होला। साँझमा कतैबाट शुभ समाचार सुन्न पाइनेछ।

भाग्यशाली रङ सेतो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ४०, व्यापारमा ३८, सेयर बजारमा ४४, वैदेशिक कार्यमा ३९ र शिक्षामा ४२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३४, यात्राको योग ४५ र सम्पूर्ण भाग्याङ्क ३२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्दा सरस्वती प्रसन्न हुनेछिन्। सजिलै अरूको विश्वास नगर्नु होला, धोका दिन सक्छन्।

तुला : नयाँ व्यक्तिबीच समीपता बढ्नेछ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला। रमणीय र सुखद यात्राको योग छ। धर्मकर्ममा रुचि बढ्नेछ। दैनिक कार्यमा प्रगति हुनेछ। ठीक समयमा सही निर्णय लिन सकिनेछ।

भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६१, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिएमा पितृ देवता खुसी हुनेछन्। झुटो बोलेमा आफैँलाई हानि हुनेछ।

वृश्चिक : शुभकार्यको चर्चा चल्नेछ। इनाम र प्रतिष्ठा कमाउने बेला छ। पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ। रमाइलो यात्राको सम्भावना छ। नयाँ व्यक्तिसँग भेटघाट होला। विशिष्ट व्यक्तिको साथ र सहयोग पाइनेछ।

भाग्यशाली रङ खैरो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, सेयर बजारमा ७४, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्ने। छलकपट नगर्ने।

धनु : अधुरा कार्य पूरा हुने र रमाइलो यात्राको योग छ। पठनपाठनमा प्रगति हुनेछ। परिवारसँग रमाइलो भेटघाट हुनेछ। इच्छा, आकाङ्क्षा पूर्ण हुनेछ। समग्रमा दिन सकारात्मक छ।

भाग्यशाली रङ निलो र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६३, सेयर बजारमा ७४, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शङ्करजीको दर्शन गर्नु राम्रो हुनेछ। कालो रङको प्रयोग फाप्ने देखिँदैन।

मकर : कार्यमा अवरोध आउला। पारिवारिक उल्झनमा परी आँटेको काम बिग्रनेछ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। यात्रामा मालसामान हराउन सक्छ। चोटपटकको भय छ, अतः सचेत रहनु राम्रो होला।

भाग्यशाली रङ हरियो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ३४, व्यापारमा ४६, सेयर बजारमा ३४, वैदेशिक कार्यमा ४४ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ४७ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। खैरो रङको प्रयोग नगर्ने।

कुम्भ : शुभकार्यको चर्चा चल्नेछ। चलाखीपूर्ण बोलीले कार्यसिद्ध हुनेछ। मनोरञ्जनमा सहभागी भइएला। रोकिएको वैदेशिक कार्य अघि बढ्नेछ। धार्मिक तथा सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ। अतिथिको सेवा होला।

भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। छलकपट नगर्ने।

मीन : लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। शुभकार्यको चर्चा चल्ने र योजना बन्नेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। अचल सम्पत्ति हात पर्ने योग छ। पुँजी बजारबाट लाभ नै मिल्नेछ।

भाग्यशाली रङ कालो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६९, सेयर बजारमा ७७, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुड खाने। तामसिक भोजन नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .