ad ad

समाज


राति सातै प्रदेशमा चट्याङ र हावाहुरीसहित वर्षा हुने प्रक्षेपण, यी पाँचवटामा बढी सम्भावना

राति सातै प्रदेशमा चट्याङ र हावाहुरीसहित वर्षा हुने प्रक्षेपण, यी पाँचवटामा बढी सम्भावना

फाइल फाेटाे


नेपालखबर
बैशाख ३०, २०८१ आइतबार १८:१, काठमाडौँ

हाल (आइतबार साँझ) कोसी, बागमती र गण्डकी प्रदेशका थोरै र मधेस, लुम्बिनी र कर्णालीका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखााका अनुसार आज राति (आइतबार साँझ ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्म) कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक/दुई ठाउँमा मेघगर्जन/चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। 

साथै कोसी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।

मौसम महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु र भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणाली प्रभाव छ। जसका कारण मौसम बदली र वर्षा भइरहेको हो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .