पछिल्लो ६ घण्टामा देशका पाँच स्थानमा भारी वर्षा भएको छ।
मौसम पूर्वानुमान महाशाखाले आज (आइतबार) बिहान १०:१२ बजे दिएको तथ्यांकअनुसार सबैभन्दा बढी पाल्पाको बल्ड्याङगाडी भन्ने स्थानमा ८५ मिलिमिटर वर्षा भएको छ।
यसपछि सप्तरीको बरमझियामा ७४.८ मिलिमिटर वर्षा भएको छ।
यसैगरी उक्त अवधिमा सर्लाहीको पत्थरकोटमा ६९.२, ओखलढुंगाको मानेभञ्ज्याङमा ६६.६ मिलिमिटर र पर्साको मुडली पर्सा भन्ने स्थानमा ५८.४ मिलिमिटर वर्षा भएको मौसम महाशाखाले जनाएको छ।
५० मिलिमिटरभन्दा माथि १०० मिलिमिटरभन्दा मुनिको वर्षालाई भारी वर्षा भनिन्छ।
यसबाहेक देशका अधिकांश स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भएको छ।
१० मिलिमिटरभन्दा मुनिको वर्षालाई हल्का तथा १० मिलिमिटरभन्दा माथि ५० मिलिमिटरभन्दा मुनिको वर्षालाई मध्यम वर्षा भनिन्छ।
अहिले पनि देशका विभिन्न स्थानमा वर्षा जारी छ।
Shares
प्रतिक्रिया