ad ad

समाज


सञ्चारगृहमा सम्पादकीय स्वतन्त्रताका लागि महासंघको जोड

सञ्चारगृहमा सम्पादकीय स्वतन्त्रताका लागि महासंघको जोड

नेपालखबर
फागुन ८, २०७६ बिहिबार १२:४,

नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल विधेयकमा महासंघले उठाएका विषयहरू आंशिक सम्बोधन भए पनि काउन्सिलको स्वायत्ततालगायतको विषयमा थप सुधारको आवश्यकता रहेको निष्कर्ष निकालेको छ। 

बिहीबार बसेको महासंघको बैठकले सूचना प्रविधिसम्बन्धी विधेयकका सम्बन्धमा महासंघले उठाएका विषयहरु सम्वोधन हुनेगरी दबाब सृजना गर्ने निर्णय गरेको छ । साथै, सञ्चारसम्बन्धी अन्य विधेयक अघि बढाउँदा सरोकारवाला पक्षसँग छलफल गर्न सरकारसँग महासंघले आग्रह गरेको छ।

सञ्चारमाध्यममा प्रकाशित समाचारका सम्बन्धमा चिनियाँ दूतावासले सम्पादक र सञ्चारमाध्यमविरुद्ध धम्कीपूर्ण विज्ञप्ति जारी गरेकोप्रति महासंघले गम्भीरतापूर्वक लिँदै सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ। साथै, सञ्चारमाध्यमहरूले समाचार सामग्री सम्प्रेषण गर्दा आचारसंहिताको पालना गर्न र सम्वेदनशील विषयहरुमा समाचार संप्रेषण गर्दा थप ख्याल पु¥याउन पनि आग्रह गरिएको छ।

सञ्चारगृहभित्र सम्पादन विभागीय स्वतन्त्रताको सुनिश्चितताको लागि पहिलेदेखि नै आवाज उठाउँदै आएको भन्दै सञ्चारगृहमा सम्पादकीय विभागको स्वतन्त्रतालाई थप जोड दिएको महासंघले जनाएको छ।

यस्तै, महासंघले श्रमजीवी पत्रकार ऐनको कार्यान्वयनका सन्दर्भमा चलाएको दबाब र अनुगमनलाई थप प्रभावकरी ढंगबाट अघि बढाउने निर्णय गरिएको छ। महासंघले सूचना तथा प्रसारण विभागमा श्रमजीवी पत्रकार तथा कर्मचारीको विवरण सबै सञ्चारमाध्यमलाई बुझाउन पुनः आग्रह गरेको छ। दरबन्दी यथाशीघ्र बुझाउने वातावरण निर्माण गर्न महासंघले सूचना तथा प्रसारण विभागलाई दबाब दिने निर्णय गरिएको छ। साथै, ठूला संख्यामा पत्रकारहरु प्रेस पास विहीन अवस्थामा भएकाले प्रेस पास नवीकरण सहज बनाउन पहल गर्ने निर्णय गरिएको छ।

महासंघले पछिल्लो समय पत्रकार असुरक्षित देखिएको र पत्रकारहरू स्वनियन्त्रणमा रहेकाले सुरक्षामा ध्यान दिन पनि सरकारसँग माग गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .