ad ad

कारोबार


राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा प्रभु बैंकको एक्स्टेन्सन काउन्टर सञ्चालन

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा प्रभु बैंकको एक्स्टेन्सन काउन्टर सञ्चालन

नेपालखबर
फागुन ८, २०७६ बिहिबार ११:४७,

प्रभु बैंक लिमिटेडले काठमाडौं महानगरपालिका वडा नं. १२ स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा एक्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।

बैंककोे एक्टेन्सन काउन्टरको उद्घाटन स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. रोशन पोखरेलले बिहीबार एक समारोहका बीच गरेका हुन्।

बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको काम गर्न सहज र सरल हुनेछ।

प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

प्रभु बैंकले २ सय ८ वटा शाखा कार्यालय, १ सय ५७ वटा एटीएम, ४५ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखारहित बैंकिङ्ग सेवामार्पmत अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .