ad ad

समाज


बलात्कारको अभियोगमा बुटवलबाट एक पक्राउ

बलात्कारको अभियोगमा बुटवलबाट एक पक्राउ

नेपालखबर
फागुन ६, २०७६ मंगलबार १२:१८,

रुपन्देहीको मर्चवारमा बालिकामाथि भएको सामूहिक बलात्कारको घटना सेलाउन नपाउँदै बुटवलमा एक महिलामाथि बलात्कार भएको छ।

सोमबार राति १ः३० बजे घरमा कोही नभएको मौका पारी बुटवलकी महिलालाई बलात्कार गरेको आरोपमा स्थानीयवासी १९ वर्षीय रामकिसुन थारुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

आज बुटवलमा आयोजित पत्रकार सम्मेलनमा इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले पीडितको किटानी जाहेरीको आधारमा थारुलाई पक्राउ गरी कानूनी कारवाही प्रक्रिया अगाडि बढाएको बताए।

रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा १६ वर्षीया किशोरीमाथि आइतबार राति सामूहिक बलात्कार भएको थियो। सम्मरीमाई गाउँपालिका–३ स्थित गाउँमा महायज्ञ चलिरहेको बेला आफ्नै घरभित्र रहेकी बालीकालाई घर बाहिर बोलाएर नजिकै निर्माणाधीन अवस्थामा रहेको भवनमा लगेर तीन युवकले बलात्कार गरेको रुपन्देही प्रहरीले जनाएको छ। पीडितका आफन्तले सोमबार बिहान इलाका प्रहरी कार्यालय मर्चवारमा पुगेर जाहेरी दिएपछि घटना बाहिर आएको थियो। बालिकाको भैरहवास्थित भीम अस्पतालमा उपचार भइरहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .