ad ad

कारोबार


चल्ला र दानाको मूल्य वृद्धिले कुखुरा पालक किसान हैरान

चल्ला र दानाको मूल्य वृद्धिले कुखुरा पालक किसान हैरान

नेपालखबर
फागुन ६, २०७६ मंगलबार १२:१५,

राष्ट्रिय कुखुरापालक संघर्ष समितिले चल्ला र दानामा कृत्रिम रुपमा बढाइएको मूल्य तत्काल फिर्ता गर्न माग गरेको छ।

संघर्ष समितिले मंगलबार वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा ज्ञापन पत्र बुझाउँदै चल्ला र दानामा कृत्रिम वृद्धि गराइएको भन्दै फिर्ता गराउन माग गरेको हो। संघर्ष समितिका संयोजक विष्णु खड्काले गत माघ ११ देखि १८ गतेसम्म ८ दिनको बिचमा तीन पटक गरी प्रतिगोटा चल्लाको मूल्य ३० रुपैयाँले बढाइएको बताए।

उनले चल्लाको मूल्यमा भएको कालोबजारीको विरुद्ध वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा उजुरी दिएपनि कुनै चासो नदिनुले कालोबजारीमा विभागको समेत मिलेमतो भएको आरोप लगाए। उनले आफुहरु अन्यायमा परेको अवस्थामा सरकार समेत चुप बस्दा पेशा छोड्ने अवस्थामा पुगेको बताए।

कुखुरापालक किसानहरुको ज्ञापनपत्र बुझ्दै विभागका महनिर्देशक नेत्रप्रसाद सुवेदीले अफुलाई व्यापारी तथा उद्योगीसँग मिलेको उल्लेख भएको भन्दै आपत्ति जनाए। उनले विभागले कसैसँग मिलेमतो नगरेको स्पस्ट पार्दै चल्ला र दानाको मूल्य बढेको विषयमा विभागले अनुसन्धान गरिरहको बताए। उनले कुरा मिलुन्जेल मिलेमतोमा मूल्य बढाउने र विग्रिएपछि एकैदिनमा समाधान खोज्ने प्रवृतिको अन्त्य गर्न किसानहरुलाई आग्रह गरे। उनले क्रान्तिकारी कुरा गरेर समस्याको समाधान नहुने भन्दै विभागमा वस्तुगत आधारहरु प्रस्तुत गर्न किसानहरुलाई आग्रह गरे।

महानिर्देशक सुवेदीले चल्ला र दानाको मूल्य निर्धारण र किसानले मूल्य नपाउने विषय गम्भीर भएकाले विभागको ध्यानाकर्षण भइसकेको बताए। उनले आवश्यक अध्ययन बिना हचुवाका भरमा कारबाही नहुने र विधि प्रक्रिया पुरा गरी कारबाही गरिने आश्वासन समेत दिए। राष्ट्रिय कुखुरापालक किसान संघर्ष समितिले गत माघ २० गते चल्ला र दानाको मूल्यमा कृत्रिम वृद्धि गराइएको भन्दै कारबाही गर्न लिखित रुपमा निवेदन दिएको थियो। तर अहिलेसम्म कारबाही हुन नसकेपछि आफूहरु ठूला उद्योगी व्यवसायी र सरकारी निकायबीचको मिलेमतोमा कालोबजारी भइरहेको निष्कर्षमा पुगेको उनीहरुले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .