ad ad

समाज


राशिफल ८ वैशाख : वृश्चिकको ७० प्रतिशत भाग्याङ्‌क, अन्यको कति?

राशिफल ८ वैशाख : वृश्चिकको ७० प्रतिशत भाग्याङ्‌क, अन्यको कति?

पण्डित नारायणप्रसाद दुलाल
बैशाख ८, २०८१ शनिबार ५:६, काठमाडौँ

आज शनिबार, ८ वैशाख २०८१ (२० अप्रिल २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : नयाँ कार्यको योजना बन्नेछ। काम गर्ने हौसला मिल्नेछ। सफल यात्राको योग छ। माया प्रेममा समीपता बढेर जानेछ। वैदेशिक काममा सफलता मिल्नेछ। साँझमा पैसा खर्च हुने तथा चोटपटकको भय छ।

भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५०, व्यापारमा ६६, वैदेशिक कार्यमा ५० र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्नु राम्रो हुनेछ। कालो रङको प्रयोग अनुकूल छैन।

वृष : कमजोर भएको अनुभूति हुनेछ। भाग्य शक्ति कमजोर हुनाले चिताएको कार्यमा सोचेजस्तो सफलता नमिल्ला। मनमा शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ।

भाग्यशाली रङ खैरो र अङ्क १ हो भने प्रेम र सम्बन्धमा ३४, व्यापारमा ४१, वैदेशिक कार्यमा ४६ र शिक्षामा ३३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिएर काम गर्नु राम्रो हुनेछ। सजिलै अरूको विश्वास भने नगर्नु होला।

मिथुन : परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ। विवाद र प्रतिस्पर्धामा राम्रो  सफलता मिल्नेछ। पुनर्मिलनको योग छ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६१, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। छलकपट नगर्ने।

कर्कट : आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। विलासी वस्तुको प्रयोग गर्न पाइनेछ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ। व्यवसायका लागि यात्राको सम्भावना छ।

भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६६, वैदेशिक कार्यमा ५५ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिँदा पुण्य प्राप्ति होला। उत्तर दिशाको यात्रा फलदायी छैन।

सिंह : पारिवारिक वातावरण पूर्णरूपेण सन्तोषप्रद रहनेछ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। प्रेमको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ।

भाग्यशाली रङ पहेँलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ५६, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५४, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ५० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। निलो रङको प्रयोग अनुकूल छैन।

कन्या : सद्‌विचारले अभिप्रेरित हुनेहरूलाई बढी लाभ मिल्नेछ। समयमा होस् नपुग्नाले काम रोकिन सक्छ। कसैले झुटो आश्वासन दिन सक्छन्। विचार पुर्‍याएर निर्णय लिनु राम्रो होला। शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ।

भाग्यशाली रङ रातो र अङ्क ५ हो। प्रेम र सम्बन्धमा ३०, व्यापारमा ४५, वैदेशिक कार्यमा ४७ र शिक्षामा ३० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४६, यात्राको योग ३१ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।

तुला : सांस्कृतिक कार्यमा सरिक भइनेछ। सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ। पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ। कुनै कुराले मनमा शान्ति र खुसियाली मिल्नेछ। शुभकार्यको चर्चा चल्नेछ।

भाग्यशाली रङ सेतो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७५, व्यापारमा ७१, वैदेशिक कार्यमा ६४ र शिक्षामा ७८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क पनि ६५ प्रतिशत नै रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

वृश्चिक : स्वादिष्ट भोजन पाइनेछ। सजिलै अरूको मन जित्न सकिएला। सामाजिक र राजनीतिक चिन्तन बढ्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ। सवारी साधन खरिद गर्ने योजना बन्नेछ। शुभकार्यको चर्चा चल्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, वैदेशिक कार्यमा ५५ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षारोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

धनु : घर-परिवारमा मनोरञ्जनपूर्ण वातावरण बन्नेछ। रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ। नयाँ कामका विभिन्न अवसर फेला पर्नेछन्। अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग देखिन्छ।

भाग्यशाली रङ निलो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६५, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ५५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। झुट नबोल्ने।

मकर : काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन्। आलोचना गर्नेहरूबाट सजग रहनुहोला। माया प्रेममा धोका हुन सक्छ भने एकोहोरो माया प्रेमले सताउनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्‍याउनु होला।

भाग्यशाली रङ रातो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४९, वैदेशिक कार्यमा ४० र शिक्षामा ३५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ३१ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। खैरो रङको प्रयोग नगर्ने।

कुम्भ : मनमा हर्ष र प्रसन्नता हुन सक्छ। जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ। नवीनतम ज्ञान सिक्ने मौका मिल्नेछ। नयाँ व्यक्तिसँग भेटघाट हुने समय छ। प्राविधिक कार्यबाट राम्रो फाइदा हुनेछ।

भाग्यशाली रङ हरियो र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ५०, व्यापारमा ६५, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गर्ने। झुट नबोल्ने।

मीन : सेवा गर्ने अवसर जुट्न सक्छ। सुखसुविधा भोग गर्न पाइनेछ र मन प्रसन्न रहनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। बन्धुबान्धवबाट सहयोग मिल्नेछ। रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६४, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुण खाने। छलकपट नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .