ad ad

समाज


प्रहरीको साइबर ब्यूरोले फेरि भन्यो– घृणा वा द्वेष फैलाउने सामग्रीहरु प्रकाशन, लाइक, कमेन्ट नगर्नू

प्रहरीको साइबर ब्यूरोले फेरि भन्यो– घृणा वा द्वेष फैलाउने सामग्रीहरु प्रकाशन, लाइक, कमेन्ट नगर्नू

सांकेतिक तस्बिर


नेपालखबर
चैत ३०, २०८० शुक्रबार १६:३२, काठमाडौँ

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जालमा जथाभावी लेख्ने, लाइक, कमेन्ट वा सेयर गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ।

ब्युरोले सूचना प्रकाशित गरी सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जात जाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरू प्रकाशन वा प्रदर्शन गर्ने कार्य भइरहेको भन्दै यस्तो चेतावनी दिएको हो।

‘विगत केही समयदेखि विभिन्न सामाजिक सञ्जालहरू र विद्युतीय सञ्चार माध्यमहरूमा प्रचलित कानूनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनि रोक लगाएका सामग्रीहरू वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जात जाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरु प्रकाशन वा प्रदर्शन गर्ने, लाइक गर्ने, टेग गर्ने, कमेन्ट गर्ने र रि–पोस्ट गर्ने जस्ता गतिविधि बढी रहेको सम्बन्धमा नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोको गम्भिर ध्यान आकर्षण भएको छ। तसर्थ प्रचलित कानूनले बन्देज गरेका यस्ता गतिविधी नगर्नरनगराउन हुन् साइबर ब्यूरो सबैमा अनुरोध गर्दछ। साथै कानूनको उल्लंघन हुने कुनै गतिविधी भए गरेको पाईएमा बिद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कारबाही गरिने व्यहोरा सबैको जानकारीका लागि अनुरोध गरिएको छ’ ब्युरोको सूचनामा भनिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .