ad ad

समाज


डोल्पामा डढेलो निभाउँदा घाइते सैनिकको उपचार अभावमा ज्यान गयो

डोल्पामा डढेलो निभाउँदा घाइते सैनिकको उपचार अभावमा ज्यान गयो

नेपालखबर
चैत २६, २०८० सोमबार २०:१५, डोल्पा

आइतबार दिउँसोदेखि सल्किएको डढेलो निभाउने क्रममा गम्भीर घाइते एकजना नेपाली सेनाका जवानको ज्यान गएको छ।

तर सेनाको स्थानीय ब्यारेक र जिल्ला प्रहरी कार्यालय डोल्पाले ज्यान गुमाएका सैनिकको विवरण खुलाएका छैनन्।

डोल्पा सदरमुकाम दुनैनजिकैको ठूलीभेरी नगरपालिका-३  स्थित मष्टा भवानी सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा गम्भीर घाइते ४ मध्ये १ जना सैनिकको ज्यान गएको हो।

आगो निभाउने क्रममा अन्य १२ जना सैनिक पनि घाइते भएका थिए। तर उनीहरूको उपचारपछि अवस्था सामान्य छ।

आइतबार सेनाको ब्यारेकमा फोहोर जलाउने क्रममा सल्किएको डढेलो सोमबार पनि नियन्त्रणमा आएको थिएन।

यस्तोमा दुनैस्थित देवीदत्त गुल्म भदालेचौरका सैनिकहरू डढेलो नियन्त्रणमा परिचालित भएका थिए। 

आगो निभाउने क्रममा चर्को हावाहुरी चल्दा सैनिकहरु जलेर घाइते भएका थिए। उनीहरूको उद्धारपछि जिल्ला अस्पतालमा उपचार भइरहेको थियो।

जलेर  ३० वर्षीय प्युठ विजय कोइराला, ३८ वर्षीय जमदार केशरबहादुर जर्घा मगर, २३ वर्षीय सिपाही आशीष बुढा र २८ वर्षीय सिंपाही हेमन्त रावत गम्भीर घाइते भएका थिए।

गम्भीर घाइतेमध्येलाई थप उपचारका लागि हेलिकप्टरबाट नेपालगञ्ज लाने तयारी थियो।

तर सेनाको हेलिकप्टर ढिला आउँदा ती घाइतेहरूलाई तत्कालै नेपालगञ्ज लग्न सकिएन। समयमै सुविधासम्पन्न अस्पतालमा लैजान नसक्दा सेनाले ज्यान गुमाएका हुन्।

आइतबारदेखि सामुदायिक वनमा फैलिएको आगो अझै नियन्त्रणमा आएको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .