समाज


भारतको ४ करोड ३० लाख लगानीमा संखुवासभामा विद्यालय भवन

भारतको ४ करोड ३० लाख लगानीमा संखुवासभामा विद्यालय भवन

नेपालखबर
चैत २६, २०८० सोमबार १७:४३, काठमाडौँ

भारत सरकारको ४ करोड २९ लाख रुपैयाँ लगानीमा संखुवासभामा एउटा प्राथमिक विद्यालयको भवन शिलान्यास गरिएको छ।

उक्त भवनको भारतीय राजदूतावासका प्रथम सचिव अविनाश कुमार सिंह र चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नुर्बु शेर्पाले सोमबार शिलान्यास गरेका हुन्।

नेपाल–भारत विकास सहकार्यअन्तर्गत भारत सरकारको ४ करोड २९ लाख रुपैयाँ आर्थिक सहयोगमा चिचिला गाउँपालिका–३ मा दिदिङ आधारभूत विद्यालयको विद्यालय भवन बन्ने भएको हो। 

उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक/शिक्षिका, अभिभावक तथा विद्यार्थी उपस्थित थिए। 

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग यस विद्यालयलाई आवश्यक अन्य सुविधासँगै दुई तल्ले शैक्षिक तथा प्रशासनिक भवनको निर्माण हुनेछ। 

भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइनेछ।

कार्यक्रममा बोल्दै चिचिला गाउँपालिकाका अध्यक्ष शेर्पाले प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उन्नतिका लागि भारत सरकारले पुर्‍याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे।

दिदिङ आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयको नयाँ भवन उपयोगी हुनुका साथै यसले सिकाइका लागि राम्रो वातावरण सिर्जना गर्ने उनले बताए।

सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा ५५० वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइएका छन् र ४८८ वटा परियोजना सम्पन्न भइसकेका छन्।

यीमध्ये कोशी प्रदेशका विभिन्न क्षेत्रमा ८५ वटा परियोजना छन्। जसमा २ वटा परियोजना सङ्खुवासभामा छन्।

यसका साथै भारतले स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई ९७४ वटा एम्बुलेन्स र २३४ वटा स्कुल बस प्रदान गरिसकेको छ।

जसमध्ये कोसी प्रदेशलाई १४१ वटा एम्बुलेन्स र ३५ वटा स्कुल बस प्रदान गरिएको छ। यसमा १३ वटा एम्बुलेन्स र ३ वटा स्कुल बस सङ्खुवासभा जिल्लालाई उपलब्ध गराइएको छ।

यस परियोजनाको कार्यान्वयनले नेपाली जनताको समुन्नतिका लागि र प्राथमिकताका क्षेत्र विशेष गरी नेपालको शैक्षिक क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपालले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको दूतावासले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .