घाँटीमा लगाएको सुनको सिक्री लुटेर भाग्ने क्रममा २ जना महिलालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा भारतको रक्सौल घर बताउने ४० वर्षीया गीता हरिजन र ५५ वर्षीया खैरेनीया हरिजन रहेका छन्।
पोखरा महानगरपालिका-९ नयाँबजारस्थित तनहुँ ब्यास नगरपालिका-३ घर भएकी ६० वर्षीया महिला गाडीबाट झर्ने क्रममा त्यसमै सवार उनीहरूले घाँटीमा लगाएको करिब १ तोलाको सुनको सिक्री लुटेर भागेका थिए।
उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले सिक्रीसहित पक्राउ गरेको हो। यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
51
Shares

प्रतिक्रिया