समाज


कालीबहादुर खामको मुद्दामा सर्वोच्चबाट सक्कल मिसिल झिकाउन आदेश

कालीबहादुर खामको मुद्दामा सर्वोच्चबाट सक्कल मिसिल झिकाउन आदेश

फाइल तस्बिर


नेपालखबर
चैत २१, २०८० बुधबार १७:४६, काठमाडौँ

काठमाडौंको कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्या अभियोगमा पक्राउ परेका नेकपा माओवादी पूर्व डिभिजन कमाण्डर कालीबहादुर खामलाई बुधबार जिल्ला अदालत चितवनमा पेस गरिएको छ।

 चितवनका जिल्ला न्यायाधीश दयाराम ढकालले खामविरुद्धको मुद्दाको मिसिल सर्वोच्च अदालतबाट झिकाउन आदेश दिएका छन्।

खामलाई मंगलबार काठमाडौंबाट पक्राउ गरेर प्रहरीले बुधबार चितवन लगेपछि अदालतमा पेस गरेको थियो। 

न्यायाधीशको उक्त आदेशपछि खामलाई फेरि प्रहरीको जिम्मा लगाइएको श्रेस्तेदार विष्णुप्रसाद आचार्यले बताएका छन्। 

उनलाई अदालत उपस्थित गराएर लामो समयदेखि मुल्तबीमा रहेको उनीविरुद्धको मुद्दा अगाडि बढाइएको छ।

श्रेष्ठको हत्यामा मुछिएका गोविन्दबहादुर बटालालाई सर्वोच्चले यसअघि नै सफाइ दिने फैसला गरेको थियो। तर त्यस मुद्दाको पुनरावेदनका लागि मिसिल सर्वोच्च पुगेको थियो।

सर्वोच्चबाट सक्कल मिसिल आइसकेपछि खामलाई अदालतमा उपस्थित गराउन न्यायाधीश ढकालले आदेश दिएका हुन्। 

वि.सं. २०६५ वैशाख २८ गते राति ८ बजेको समयमा जनमुक्ति सेना तेस्रो डिभिजन शक्तिखोरका डिभिजन कमाण्डर खाममगरसहितविरुद्ध कोटेश्वर निवासी श्रेष्ठलाई अपहरण गरी हत्या गरेको आरोप छ। 

श्रेष्ठकी श्रीमती रमिला श्रेष्ठले अपहरण गरी हत्या गरेको भनी वि.सं. २०६५ जेठ ३ गते जिल्ला प्रहरी कार्यालय चितवनमा दिएको किटानी जाहेरी दिएका आधारमा प्रहरीले खामको खोजी जारी राखेको थियो। 

    प्रतिक्रिया

    नेपाल खबर प्रा.लि
    सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

    Nepal Khabar Pvt. Ltd.

    Blue Star Complex
    Thapathali-11, Kathmandu, Nepal
    +977 01 5340505 / 5341389
    Admin:[email protected]
    News:[email protected]

    विज्ञापनका लागि सम्पर्क


    +977 9851081116
    [email protected]
    Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .