समाज


आज वर्षा र हिमपातको सम्भावना कति?

आज वर्षा र हिमपातको सम्भावना कति?

फाइल फाेटाे : काठमाडाैँ


नेपालखबर
चैत १९, २०८० सोमबार ७:४४, काठमाडौँ

आज (सोमबार) देशका एक/दुई स्थानमा मात्र वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो  गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। 

यस क्रममा दिउँसो पहाडी भूभागका एक/दुई स्थानमा मात्र मेघगर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना छ। साथै उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार राति गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही बाँकी ठाउँमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ।  

यस क्रममा राति गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

मौसमविद्का अनुसार एक/दुई स्थानमा मात्र वर्षा/हिमपातको सम्भावना देखिनु सम्भावना कम हुनु हो। 

मौसमविद्का अनुसार आंशिक बदली भनेको सम्बन्धित क्षेत्रको आकाशको २५ देखि ५० प्रतिशतसम्म भागमा बादल देखिुन र बाँकी खाली रहनु हो भने साधारणतया बदली भनेको ५१ देखि ७५ प्रतिशतसम्म आकाश बादलले ढाकिनु र बाँकी खाली रहनु हो। अनि मुख्यतया सफा भनेको सम्बन्धित क्षेत्रको आकाश २५ प्रतिशत भागमा मात्र बादल र बाँकी सफा रहनु हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .