ad ad

समाज


राशिफल १५ चैत : यस्तो रङको कपडाले चम्काउनेछ तपाईंको व्यक्तित्व

राशिफल १५ चैत : यस्तो रङको कपडाले चम्काउनेछ तपाईंको व्यक्तित्व

पण्डित नारायणप्रसाद दुलाल
चैत १५, २०८० बिहिबार ४:४३, काठमाडौँ

आज बिहीबार, १५ चैत २०८० (२८ मार्च २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ। बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कार्य पनि सम्पादन हुन सक्छ। पुँजी बजारले साथ दिनेछ।

भाग्यशाली रङ निलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ६६, व्यापारमा ७१, सेयर बजारमा ५६, वैदेशिक कार्यमा ७० र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५९ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा बढी सफलता मल्नेछ। अखाद्य वस्तुको सेवन नगरेकै बेस।

वृष : रोकिएका काम पुनः सुरु हुन सक्छन्। आकस्मिक लाभ र शुभ समाचार सुन्न पाइनेछ। लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। प्रेम जीवन सुखद रहनेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ।

भाग्यशाली रङ निलो र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ८०, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ७१ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ६८ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अप्ठेरो काम पनि सजिलोसँग सम्पादन हुनेछ। दक्षिण दिशाको यात्रा फलदायी छैन।

मिथुन : नयाँ कार्यको थालनी हुनेछ। कुनै न कुनै कुराले मनमा प्रसन्नता छाउनेछ। राजनीतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ। कुटुम्बको सहयोग मिल्नेछ। कताकता स्मरण शक्तिमा कमी भएको आभास गर्नु हुनेछ।

भाग्यशाली रङ पर्पल हो भने अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ६२, व्यापारमा ५२, सेयर बजारमा ६६, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ६० र सम्पूर्ण भाग्याङ्क ५७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्रेमी/प्रेमिकाको सल्लाहअनुरुप कार्य गर्दा अधिक सफलता मिल्नेछ। झुट चाहिँ नबोल्नु होला।

कर्कट : लाभ-हानि, सुख-दुःख बराबरी खालको दिन छ। घर-परिवारमा झै-झमेलाको अवस्था आउन सक्छ। प्रेममा बाधा आउन सक्छ। मध्य दिनबाट भने पुनर्मिलनका साथै दाम्पत्य सुख मिल्नेछ। रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ३३, सेयर बजारमा ४५, वैदेशिक कार्यमा ४२ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ६० र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज दीर्घकालीन कामको सुरुआत गर्नुअघि वृक्षारोपण गरेमा चिताएको प्रतिफल आउला। यात्राको योग उच्च नै रहे पनि खासै फलदायी देखिँदैन। तसर्थ, भरिसक्के लामो यात्रा नगरेकै बेस।

सिंह : नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। शुभकार्यको चर्चा चल्नेछ। धर्म, कर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। सेयर बजारको क्षेत्र पनि मजबुत नै हुने देखिन्छ।

भाग्यशाली रङ गुलाबी र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ६५, व्यापारमा ७२, सेयर बजारमा ८०, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गरेमा कामको दौरानमा आइपर्ने व्यवधान समाधान गर्न सहज हुनेछ। खरानी रङको प्रयोग उपयुक्त छैन।

कन्या : सफल यात्राको योग छ। नयाँ र महत्त्वपूर्ण कार्यको थालनी हुनेछ। राजनीतिक र सामाजिक प्रतिष्ठा कायम राख्न सेवा र सहयोग गर्ने समय आएको छ। पेसा-व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ।

भाग्यशाली रङ हरियो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ७०, व्यापारमा ६२, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५०, यात्राको योग ७४ र सम्पूर्ण भाग्याङ्क ५५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गरेर आर्थिक कठिनाइको सामना गर्न सहज होला। तामसिक भोजन नगरेकै बेस।

तुला : सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ। लगानी र व्यवसायमा पर्याप्त लाभ मिल्नेछ।

भाग्यशाली रङ निलो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ८२, व्यापारमा ७१, सेयर बजारमा ६९, वैदेशिक कार्यमा ७० र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६८, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क पनि ७७ नै प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज अग्रज व्यक्तिसँग सुझाव लिएर कामको सुरुआत गर्दा अधिक सफलता मिल्नेछ। छलकपटतिर नलाग्नु होला। यदि लागेमा बनिसकेको काम पनि बिग्रने सम्भावना छ।

वृश्चिक : मनमा अविश्वास उत्पन्न हुनेछ। शुभकार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुन सक्छ। प्रेमी/प्रेमिकाका बीच खिन्नता बढ्नेछ। घर-परिवारमा झै-झमेलाको अवस्था आउन सक्छ। साँझमा भने कतै भ्रमणको योजना बन्नेछ।

भाग्यशाली रङ हरियो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ५०, व्यापारमा ४२, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ४९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा आर्थिक संकटको समाधान सहज बन्नेछ। कालो रङको प्रयोग फाप्ने देखिएन।

धनु : बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। कृषि कर्म र व्यावसायिक काममा प्रशस्त फाइदा हुनेछ।

भाग्यशाली रङ सेतो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ६७, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ५७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। खैरो वा गुलाबी रङको प्रयोग उपयुक्त छैन।

मकर : आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ। सेयर बजार, कलकारखाना र बन्दव्यापारबाट फाइदा हुनेछ।

भाग्यशाली रङ गुलाबी हो भने भाग्यशाली अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५६, व्यापारमा ८०, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ७४ र शिक्षामा ५४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६५, यात्राको योग ७१ र सम्पूर्ण भाग्याङ्क ८० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गरेमा बिघ्नबाधाहरू हटेर जानेछन्। लगानीको अवसर आउलान् तर आवेगमा लगानी नगर्नु होला।

कुम्भ : लाभदायक यात्राको योग छ। शुभकार्यको चर्चा चल्नेछ। अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। स्वादिष्ट भोजनको आनन्द पाइनेछ।

भाग्यशाली रङ रातो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६०, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५२ र शिक्षामा ७३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६८, यात्राको योग ७० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गरेमा बढी सफलता मिल्नेछ। उत्तर दिशातर्फको यात्रा नगरेकै बेस।

मीन : ताकेअनुरूप काम नबन्नाले दिक्क लाग्नेछ। विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ। बन्न लागेको काम बिग्रन सक्छ। कर्मक्षेत्र पनि सङ्घर्षशील रहनेछ। धार्मिक क्षेत्रमा भने राम्रै दिन रहेको छ, तीर्थाटनको योग छ।

भाग्यशाली रङ आकाशे र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ४७, सेयर बजारमा ३१, वैदेशिक कार्यमा ७१ र शिक्षामा ३८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भैरवजीको दर्शन गरेर दिनको सुरुआत गरेमा शरीरमा स्फूर्ति बढ्नेछ। हरियो रङको प्रयोग उपयुक्त छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .