ad ad

समाज


सिराहाको कर्जन्हाका तत्कालीन मेयरसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सिराहाको कर्जन्हाका तत्कालीन मेयरसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालखबर
चैत १४, २०८० बुधबार १३:५३, काठमाडौँ

सिराहाको कर्जन्हा नगरपालिकाका तत्कालीन मेयर गंगा पासवानसहित ५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएको छ।

नगरपालिकाको प्रशासनिक भवन निर्माणका लागि भएको ठेक्कामा अनिमियतता गरेको अभियोगसहित अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले बताए। 

आरोप पत्रमा पासवानसहित तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डल, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार, लेखापाल प्रविन कुमार महतो र निर्माण व्यवसायी महालक्ष्मी/पाण्डे एण्ड कम्पनी/ड्रागन जेभीका प्रतिनिधि वैजनाथ यादवलाई प्रतिवादी बनाइएको छ।

उनीहरूले उक्त भवन निर्माणका क्रममा मिलेमतो गरेर १ करोड ८ लाख रुपैयाँ अनिमियतता गरेको दाबी आयोगले गरेको छ। 

आयोगले उक्त प्रकरणमा प्रतिवादीहरूविरुदद्ध कैद र बिगो असुलउपर गर्नसमेत माग गरेको प्रवक्ता घिमिरेले बताए। 

२०७४ मा भएको स्थानीय तह निर्वाचमा पासवा माओवादी केन्द्रबाट विजयी भएका थिए। उपमेयरमा पनि माओवादीकै ज्ञानकुमारी श्रेष्ठ विजयी भएकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .