हरेक मानिसको शरीरभित्र प्रत्येक वर्ष १० हजार माइक्रो प्लास्टिकका टुक्राहरु खाना र स्वास प्रस्वासको प्रक्रियाद्वारा प्रवेश हुने गरेको छ। मानिसको शरीरभित्र यसरी प्रवेश गर्ने फोहोरयुक्त प्लास्टिकले स्वास्थ्यमा कति असर गर्न सक्दछ भन्ने गम्भीर रुपमा उठेको छ।
माइक्रोप्लास्टिक अर्थात् मानव निर्मित प्लास्टिकका स–साना कणहरु अहिले पृथ्वीका हरेक ठाउँमा छरिएर रहेका छन्– चाहे त्यो सिंथेटिक कपडाका टुक्राबाट निस्केको होस् वा गाडीको टायरबाट, ‘कन्ट्याक्ट लेन्स’ बाट होस् वा दैनिक काममा प्रयोग हुने अन्य कुनै वस्तुबाट।
संसारमा सबैभन्दा अग्लो क्षेत्रमा रहेको ग्लेसियरदेखि समुद्रको गहिरो सतहमा समेत प्लाष्टिकका टुक्राहरु पुगिसकेका छन्।
विगतका दिनमा गरिएको अनुसन्धानबाट पत्ता लागेको छ कि, कसरी माइक्रो प्लास्टिक मानिसको खाद्य पदार्थमा घुसेर रहन सक्छ! यहाँसम्म कि, पछिल्लो केही बर्षमा प्रख्यात ब्राण्डको सिलबन्दी बोटलमा बिक्री हुने पानीमा समेत प्लास्टिका कणहरु भेटिएको पाईयो।
हालसालै क्यानाडेली वैज्ञानिकहरुले गरेको अनुसन्धानको क्रममा माइक्रोप्लास्टिकको उपस्थिति सम्बन्धमा सयौँ विश्लेषणहरु गरिए। र, यसलाई अमेरिकीहरुको खानपान सम्बन्धी व्यवहारसँग तुलना गरियो।
अनुसन्धानबाट उनीहरुले पत्ता लगाए कि एक वयस्क मानिसले एक बर्षमा माइक्रोप्लास्टिकका करिब ५२ हजार टुक्रा आफ्नो खाद्य पदार्थसँगै शरिरमा प्रवेश गराइरहेको हुन्छ। प्रदुषित वायुमण्डलका कारण स्वास–प्रश्वास क्रियाद्वारा नै १.१२ लाख माइक्रोप्लास्टिकका कणहरु शरीरिभित्र प्रवेश गर्न सक्छन्। अर्थात् प्रत्येक दिन करिब ३ सय २० प्लास्टिकका टुक्रा शरीरमा जम्मा हुने गर्दछन्।
यस बाहेक बन्द गरिएको बोटलको पानी पिउँदा समेत एक व्यक्तिको शरिरमा करिब ९ हजार प्लास्टिकका टुक्रा शरीरभित्र प्रवेश गर्छन् भन्ने कुरा रिपोर्ट ‘इन्भायरमेन्टल साइन्स एण्ड टेक्नोलोजी’ नामक जर्नलमा प्रकासित भएको छ।
यो अनुसन्धानात्मक रिपोर्टका लेखकहरुले के कुरापनि स्पष्ट गरेका छन् भने, मानिसको शरीरमा विभिन्न माध्यमबाट प्रवेश गर्ने प्लाष्टिकको संख्या अनुमान मात्र हो। बैज्ञानिकहरुको भनाइ छ कि, कुनै मानिसको शरीरमा प्लास्टिकका कति कण प्रवेश गर्दछ भन्ने कुरा उ कहाँ बस्छ, उसको खानपान कस्तो छ भन्ने कुरामा निर्भर हुन्छ।
माइक्रोप्लास्टिकले मानव शरीरमा कस्तो असर पार्छ भन्ने थाहा नपाइएपनि वैज्ञानिकहरुको भनाई अनुसार, १ सय ३० माइक्रोमिटर भन्दा सानो प्लास्टिकका कणमा मानव शरीरका कोषिकाहरुलाई स्थानान्तरित गर्न सक्ने र शरीरका त्यस भाग ९अंग० को प्रतिरक्षा तन्त्रलाई प्रभावित गर्न सक्ने क्षमता रहेको हुन्छ।
‘एलेस्टेयर ग्रान्ट युनिभर्सिटी अफ इस्ट एंगलिया’ मा ‘इकोलोजी’ का प्रोफेसरको भनाई छ, ‘अनुसन्धानमा जुन प्लास्टिकका कणहरुको पहिचान गरिएको छ, त्यसले मानव स्वास्थ्यमा ठुलो जोखिम पार्ने भन्ने तथ्य अहिलेसम्म सामुन्ने आएको छैन।’
ग्रान्ट यस अनुसन्धानमा सामेल थिएनन्। तथापी, उनी भन्छन्, ‘स्वास–प्रस्वासबाट शरीरमा प्रवेश गर्ने प्लास्टिकको अति सानो टुक्रा मात्र फोक्सोमा पुग्छ।’
अनुसन्धानकर्ताहरुको भनाई अनुसार कति माइक्रोप्लास्टिक हाम्रो पेट र फोक्सोमा प्रवेश गर्दछ र यसले कस्तो जोखिम हुन सक्दछ भन्ने कुरा बुझ्न थप अनुसन्धान आवश्यक छ। वैज्ञानिकहरुका भनाईमा, मानव शरिरभित्र माइक्रोप्लास्टिकको प्रवेश रोक्न सबैभन्दा राम्रो उपाय भनेको प्लास्टिकको निर्माण र उपयोग घटाउँदै लैजानु हो।
प्लास्टिक पूर्ण रूपमा कुहिएर नष्ट हुन चार सय वर्ष लाग्ने गर्छ। टुक्रिएर जमिन र पानीमा रहने हुनाले पानीमा अत्याधिक फोहोर सिर्जना गर्छ भने यसबाट ढल थुनिने लगायतका समस्या हुन्छन्। त्यही कारण सबैभन्दा पहिले बंगलादेशमा प्लास्टिक उत्पादन र प्रयोगमा रोक लगाइएको थियो। वर्षेनी लाखौँ समुन्द्री जीव प्लास्टिक खाएर वा त्यसमा अल्झिएर मर्ने गरेका छन्। प्लास्टिक निर्मित फोहोरले पर्यावरणमा असर गरिरहेको छ।
लामो समयपछि प्लास्टिक टुक्रिन्छ। तर पूर्ण रूपमा निर्मूल हुँदैन। प्लास्टिककै कारण जमिनको उर्वराशक्ति नाश भइरहेको छ।
उर्वरशीलतामा कमी आउने
प्लास्टिक बाल्दा नाइट्रोजन अक्साइड, सल्फर अक्साइड, डायोक्सिन, बाफिलो प्राङ्गारिक रसायन, कार्बनडाइअक्साइड आदिजस्ता हानिकारक ग्यास उत्पादन हुन्छ। त्यसमा पनि पिबिसी नामक प्लास्टिकबाट उत्पादित ग्यास मानव स्वास्थ्यका लागि झनै हानिकारक हुन्छ। र, यसले वायुमण्डलको ओजन तहलाई समेत नष्ट गरिरहेको छ।
नेपाल सरकारले यसको न्युनिकरणका लागि प्लास्टिकका झोलाले वातावरणमा असर गर्ने र सजिलै व्यवस्थापन गर्न नसकिने भएकाले यसमाथि प्रतिबन्ध लगाइएको थियो। तर यो नीति लामो समय लागु हुन सकेन।
प्लास्टिक झोला प्रयोग गरेमा वातावरण संरक्षण ऐन ०५३ र फोहोरमैला व्यवस्थापन ऐन ०६८ मा भएको व्यवस्थाअनुसार कारबाही हुनुपर्ने हो। तर, यो व्यवस्था हालसम्म पनि लागू भएको देखिँदैन।
(एजेन्सीहरुको सहयोगमा)
Shares

प्रतिक्रिया