ad ad

समाज


ईडीको आरोप : केजरीवालले ४५ करोड रुपैयाँ गोवा चुनावका लागि खर्चिए

ईडीको आरोप : केजरीवालले ४५ करोड रुपैयाँ गोवा चुनावका लागि खर्चिए

फाइल तस्बिर


नेपालखबर
चैत ९, २०८० शुक्रबार १५:४६, काठमाडौँ

मदिरा नीति प्रकरणमा बिहीबार साँझ प्रवर्तन निर्देशनालय (ईडी) द्वारा गिरफ्तार दिल्लीका मुख्यमन्त्री केजरीवाललाई अदालत पेस गरिएको छ।

ईडीले मदिरा नीति केसमा दिल्लीका मुख्यमन्त्री केजरीवाललाई शुक्रबार दिउँसो सवा २ बजे राउज एभेन्यु अदालतमा पेस गरेको हो।

केजरिवाललाई हिरासतमा राख्न मागिएको म्यादबारे अहिले सुनुवाइ भइरहेको छ। जाँच एजेन्सीले १० दिनको म्याद मागेको छ।

यसका साथै केजरीवाललाई ईडीले मदिरा नीति प्रकरणका मास्टरमाइन्ड भनेको छ।

ईडीले कजरीवाल दिल्ली मदिरा नीति बनाउन प्रत्यक्ष रुपमा सामेल भएको जनाएको छ। 

यस प्रकरणमा केजरीवालले दुई पटक रकम स्थानान्तरण गरेको दाबी ईडीको छ। 

पहिले १० करोड, त्यसपछि १० करोड रुपैयाँ दिइएको दाबी ईडीको छ। 

केजरीवाल पञ्जाब र गोवा चुनावका लागि रकम चाहन्थे। गोवा चुनावमा ४५ करोड रुपैयाँ प्रयोग भएको दाबी ईडीले गरेको छ।

केजरीवाललाई बिहीबार साँझ गिरफ्तार गरिएको हो। उनले हिरासतमै रात बिताए। यसैबीच दिल्लीकी मन्त्री आतिशीले केजरीवाल दिल्लीका मुख्यमन्त्री रहिरहने बताइन्। उनले जेलबाटै केजरीवालले सरकार चलाउने बताइन्। 

यसअघि केजरीवाल आफ्नो गिरफ्तारीविरुद्ध सर्वोच्च अदालत पुगेका थिए। न्यायाधीश सञ्जीव खन्ना, न्यायाधीश बेला एम त्रिवेदी र न्यायाधीश एमएम सुन्दरेशको बेन्चमा उपस्थित भएको केही बेरमै केजरीवालले त्यहाँबाट निवेदन फिर्ता लिन आग्रह गरे।

केजरीवालका वकील अभिषेक मनु सिंघवीले अदालतमा ट्रायल कोर्टमा पनि यही कारबाही चलिरहेकाले निवेदन फिर्ता लिने अनुमति मागेका थिए। 

ट्रायल कोर्टमा प्रक्रिया पूरा गरिसकेपछि आफूहरू सर्वोच्च अदालतमा आउने उनले बताए। 

केजरीवालको गिरफ्तारीको विरोधमा आम आद्‍मी पार्टीका कार्यकर्ताले दिल्लीका ठाउँ ठाउँमा प्रदर्शन गरेका छन्। 

दिल्ली सरकारका दुई मन्त्री आतिशी र सौरभ भारद्वाजलाई पनि पुलिसले पक्राउ गरेको छ। 

पञ्जाबका मुख्यमन्त्री भगवन्त मान केजरीवालका परिवार भेट्न उनको घर पुगेका छन्। उता कांग्रेस नेता राहुल गान्धी पनि केजरीवालका परिवार भेट्न उनको घर जाने तयारीमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .