समाज


एनआरएनएले भूकम्पबाट ध्वस्त भएका भेरी र आठबीसकोट नगरपालिकाको पुनर्निर्माण गरिदिने

एनआरएनएले भूकम्पबाट ध्वस्त भएका भेरी र आठबीसकोट नगरपालिकाको पुनर्निर्माण गरिदिने

नेपालखबर
चैत ८, २०८० बिहिबार १४:५७, काठमाडौँ

गैरआवसीय नेपाली संघ (एनआरएनए)ले भूकम्पबाट ध्वस्त भएका दुई नगरपालिकाको पुनर्निर्माणमा सहयोग गर्ने भएको छ। गत कात्तिक १७ गते गएको भूकम्पबाट सबैभन्दा बढी क्षति भएको जाजरकोटको भेरी र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको पुनर्निर्माण गर्ने भएको हो।

काठमाडौँमा हालै सम्पन्न संघको बार्षिक साधारणसभामा दुवै नगरपालिकाको पुनर्निर्माण सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। उक्त सम्झौतामा संघका संरक्षक डा. शेष घले, अध्यक्ष विनोद कुँवरले हस्ताक्षर गरेका छन् भने भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्ती र आठबीसकोट नगरपालिकाका प्रमुख रवि केसीले हस्ताक्षर गरेका छन्।

हस्ताक्षर कार्यक्रमपछि बोल्दै संघका अध्यक्ष कुँवरले आफूहरूले भूकम्पबाट सबैभन्दा बढी क्षति पुर्याएको दुई नगरपालिकाको पुनर्निमाणमा सहयोग गर्न लागेको जानकारी दिए। उनले आफूहरूलाई काम गर्ने वातावरण बनाइदिन समेत नगर प्रमुखसँग आग्रह गरे।

‘हामीहरुलाई अरु केही चाहिँदैन, हामीलाई सहजरुपमा काम गर्ने वातावरण बनाइदिनुहोला। नेपालमा राम्रो काम गरौं भन्दा पनि अबरोध भएका अनुभव हामीसँग छन्। विशुद्ध सेवाभावका साथ हामीले दुई नगरपालिका रोजेका हौं। यसमा राजनीतिकरण गर्ने र काम गर्न असहज नबनाइदिनुहोला’ अध्यक्ष कुँवरले भने।

उनले २०७२ सालको भूकम्पमा संरक्षक घलेको नेतृत्वमा लाप्राकको बस्ती नै बनाइदिएको स्मरण समेत गराए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .