ad ad

समाज


धादिङको चरौँदीमा भारतीय ट्रकले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु

धादिङको चरौँदीमा भारतीय ट्रकले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु

नेपालखबर
फागुन २, २०७६ शुक्रबार ७:४१,

धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ चरौँदी पुल नजिकै शुक्रबार बिहान भारतीय नम्बरको ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

काठमाडौँतर्फ जाँदै गरेको बीआर०६जिडी ८६७१ नंको भारतीय ट्रकले काठमाडौँबाट मुग्लिनतर्फ जाँदै गरेको प्रदेश ३–०२–०१४प ३९८९ नंको स्कुटरलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए।

ट्रकको ठक्करबाट स्कुटर चालक सोलुखुम्बु जिल्ला मुक्ली नगरपालिका–१ का २२ वर्षीय प्रकाश बस्नेतको घटनास्थलमै मृत्यु भएको र स्कुटरमा पछाडि सवार एक घाइते भएका छन्। घाइते काभ्रेका सनिष थापालाई उपचारका लागि काठमाडौँस्थित टिचिङ अस्पताल भर्ना गरिएको छ।

दुर्घटनालगत्तै भागेका ट्रक चालकलाई गजुरी प्रहरीले पक्राउ गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .