ad ad

खेल


आईलिगमा सावित्राको टोली फाइनल खेल्दै

आईलिगमा सावित्राको टोली फाइनल खेल्दै

नेपालखबर
फागुन २, २०७६ शुक्रबार ७:४४,

राष्ट्रिय महिला टोलीकी स्ट्राइकर सावित्रा भण्डारी सम्मिलित गोकुलम केरला एफसीले भारतिय महिला लिगको उपाधिका लागि शुक्रबार कृस्पा एफसीसँग प्रतिस्पर्धा गर्दै छ।

ब्यांग्लोर स्टेडियममा दिउँसो सवा २ बजे हुने खेलमा दुवै टोली पहिलोपटक उपाधि उचाल्ने दाउमा छन्। कृस्पाले केन्क्रे एफसीलाई २–१ ले हराउँदै उपाधि नजिक पुगेको थियो।

सावित्राको गोकुलमले भने राष्ट्रिय टोलीकै मिडफिल्डर अनिता बस्नेत सम्मिलित सेथु एफसीलाई ३–० ले पराजित गर्दै कृस्पासँगको भेट पक्का गरेको हो। साविक विजेता सेथु समुह उपविजेता बन्दै अन्तिम ४ मा पुगेको थियो। गत संस्करण एउटै टोलीबाट खेलेका साम्बा र अनिताले यो संस्करण अलग समूह रोजेका थिए। अनिताले लिगका ३ गोलमा उत्कृष्ट ‘असिस्ट’ गरेकी छन्।

सेमिफाइनलमा सावित्राले २ गोल गरेसँगै गोकुलम सहज जित निकाल्दै उपाधि नजिक पुगेको हो।

छनोटको १ सहित जारी लिगमा सावित्राले ७ खेल खेलिसकेकी छन्। सबै खेलमा पहिलो रोजाइम मैदान उत्रेकी साम्बाले १८ गोल गर्दै सर्वाधिक गोलकर्ताको शीर्षस्थानमा छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .