ad ad

समाज


धनुषा बम काण्डका मुख्य योजनाकार विप्लव समूहका नेता पक्राउ

धनुषा बम काण्डका मुख्य योजनाकार विप्लव समूहका नेता पक्राउ

शैलेन्द्र महतो
फागुन २, २०७६ शुक्रबार २:२४,

धनुषामा प्रहरी निरीक्षकसहित तीन जनाको ज्यान जाने गरी भएको बम विस्फोटमा संलग्न थप एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ। 

धनुषा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीका अनुसार नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे प्रतिबन्धित नेकपाका सप्तरी जिल्ला इन्चार्ज इन्दल साह धानुकलाई पक्राउ गरिएको हो।

उल्लिखित बम काण्डमा संलग्न आरोपमा उनलाई प्रहरीले सप्तरीबाट पक्राउ गरेको हो।

प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीका अनुसार उनी बम विस्फोट घटनाका मुख्य योजनाकारमध्ये एक हुन्। 

धानुक यसअघि विप्लव नेकपाकै सिरहा जिल्ला इन्चार्ज रहेका थिए।

घटनामा संलग्न आरोपमा यसअघि ५ जना पक्राउ परिसकेका छन्।

गत मंसिर २७ गते राति धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरमा बम विस्फोट गराइँदा महेन्द्रनगरस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अमिरकुमार दाहाल, स्थानीय औषधि व्यवसायी ४८ वर्षीय राजेश साह र उनका छोरा १६ वर्षीय आनन्द साहको  मृत्यु भएकाे थियाे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .