ad ad

समाज


कञ्चनपुर बसको ठक्करबाट एकको मृत्यु, दुई अटो ठोक्किँदा ५ घाइते

कञ्चनपुर बसको ठक्करबाट एकको मृत्यु, दुई अटो ठोक्किँदा ५ घाइते

गोकुल जोशी
फागुन १, २०७६ बिहिबार १०:१७,

 कञ्चनपुरमा बिहीबार दुई छुट्टा–छुट्टै दुर्घटनामा एक जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन्।

जिल्लाको दक्षिणी क्षेत्रस्थित लालझाँडी गाउँपालिका–५ चानदेवमा बसको ठक्करबाट स्थानीय पदम चौधरीको मृत्यु भएको छ।

बेलौरीदेखि बुटबल जाँदै गरेको लु १ ख ८७१९ नम्बरको बसले म १ प १७६४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलका चौधरीको निधन भएको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले बताए। बस चालक लक्ष्मणप्रसाद सापकोटा प्रहरी नियन्त्रणमा छन्।

यस्तै पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत भीमदत्त नगरपालिका–१० सुकासालमा यात्रु सवार दुई अटो एकआपसमा जुध्दा ५ जना घाइते भएका छन्।

बिहीवार दिउँसो महेन्द्रनगरदेखि गड्डाचौकीतर्फ गइरहेको म १ ह ७५० नम्बरको अटो र विपरीत दिशाबाट आइरहेको म १ ह ७५५ नम्बरको अटो एक आपसमा ठोकिएको सुकासाल प्रहरी बिटका असई डम्बरबहादुर चन्दले बताए।

म१ह ७५५ नम्बरको अटोमा सवार यात्रु र चालक गरी ५ जना घाइते भएको असई चन्दले बताए। उनका अनुसार घाइतेहरुको महाकाली अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .