ad ad

कारोबार


सेयरबजारमा पौने २ अर्बको कारोबार, हिमालयन डिस्टिलरीका सेयरधनीले कमाउँदा गुमाउने को?

सेयरबजारमा पौने २ अर्बको कारोबार, हिमालयन डिस्टिलरीका सेयरधनीले कमाउँदा गुमाउने को?

नेपालखबर
फागुन १, २०७६ बिहिबार १०:१८,

साताको अन्तिम कारोबार दिन सेयरबजार परिसूचक नेप्से १.३९ अंकले घटेको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक पनि आज १.३२ अंकले घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

आज कुल १ सय ७२ वटा कम्पनीको ३७ लाख कित्ता सेयर बिक्री भएका छन्। बिहान ११ बजेदेखि ३ बजे बजार बन्द नहुँदासम्म भएको १७ हजार ६ सय ९८ पटकको खरिदबिक्रीपछि कुल १ अर्ब ७७ करोडको कारोबार भएको छ। कुल १२ समूहको कारोबार भएकामा व्यापार, फाइनान्स, निर्जीवन बीमा, उत्पादन, अन्य, माइक्रोफाइनान्स, जीवन बीमाको सूचक बढे पनि बाँकी समूहको कारोबार सूचक घटेको छ।

कारोबारका आधारमा हिमालयन डिस्टिलरी लिमिटेडको १२ करोडको सेयर कारोबार भएको छ। त्यस्तै शिवम् सिमेन्टको पनि ९ करोड ७५ लाखको कारोबार भएको नेप्सेले जनाएको छ। तेस्रो धेरै कारोबार एसियन लाइफ इन्स्योरेन्स कम्पनीको ६ करोड ५१ लाखको छ। त्यसपछि सिटिजन इन्भेष्टमेन्ट ट्रस्टको ५ करोड ८२ लाखको र एनआईसी एसिया बैंकको ५ करोडको सेयर कारोबार भएको छ।

आज कमाउनेमा हिमालयन डिस्टिलरीका सेयरधनी अगाडि छन्। कम्पनीको सेयर ९.९३ प्रतिशतले बढ्दा सेयरधनीले प्रतिकित्ता १ सय २२ रुपैयाँ आम्दानी गरेका छन्। त्यस्तै, गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाको ८.९३ प्रतिशतले बढ्दा सेयरधनीले प्रतिकित्ता ८० रुपैयाँ कमाएका छन्। तेस्रो धेरै आम्दानी गर्नेमा राधी विद्युत् कम्पनी छ। कम्पनीको सेयर ७.४८ प्रतिशतले बढेको हो। त्यस्तै, एनएलजी इन्स्योरेन्स कम्पनीको ६.४० प्रतिशतले र महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाको ५.६२ प्रतिशतले सेयर बढेको छ।

गुमाउनेमा आज नेपाल हाइड्रो डेभलपर्स कम्पनी अगाडि छ। कम्पनीको सेयर ५.११ प्रतिशतले घटेको छ। ओरेन्टल होटल्सको ४.९२ प्रतिशतले, कालिका पावर कम्पनीको ४.६७ प्रतिशतले, ग्रिन डेभलपमेन्ट बैंकको ४.१७ प्रतिशतले सेयर घटेको नेप्सेले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .