समाज


अनलाइन मार्फत ठगी गरेको आरोपमा चारजना पक्राउ

अनलाइन मार्फत ठगी गरेको आरोपमा चारजना पक्राउ

नेपालखबर
फागुन २०, २०८० आइतबार २१:४१, काठमाडौँ

विभिन्न सामानहरू डेलिभरी गर्ने भन्दै अनलाइनमार्फत ठगी गरेको आरोपमा चारजना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा सर्लाहीको विष्णु गाउँपालिका ४ घर भई हाल काठमाडौंको पुरानो बानेश्वर बस्ने वर्ष २१ को आदित्य कुमार सिंह र वर्ष २० को सिद्धार्थ कुमार सिंह, बाराको कलैया उप महानगरपालिका ११ घर भई हाल भक्तपुर गठ्ठाघर बस्ने वर्ष २२ को राम सेवक राम र पर्साको वीरगञ्ज महानगरपालिका १५ घर भई हाल गठ्ठाघरमै बस्ने वर्ष २४ को आकाश साह सोनार रहेका छन्।

उनीहरुले विभिन्न व्यक्तिसँग फेसबुक, भाइबर, इमो, ह्वाट्सएप जस्ता सामाजिक सञ्जालको माध्यमबाट साथी बनाई अनलाइन मार्फत फेक एकाउन्टबाट कुराकानी गरी रकम माग गर्नुका साथै, ‘जाम जाम इलेक्ट्रोनिक्स’ नामक फेसबुक पेजमा विभिन्न मंहगो ब्राण्डका मोबाइल तथा आइफोन सेटहरू सस्तो मूल्यमा खरिद बिक्री वितरण गरेको लाइभ भिडिओ, पेजमा पोस्ट गर्ने गरेको प्रहरीले जनाएको छ।

यस्तै, विभिन्न ब्राण्डका मोबाइल सेट, आईफोन, १४ प्रोम्याक्स जस्ता मंहगो मूल्यका मोबाइल सेटहरू उपलब्ध गराई दिने भन्ने जस्ता प्रलोभन देखाई रकम पठाउन लगाउने र अमेरिका लगायतका देशहरुबाट पार्सल स्वरुप सुनका गरगहना, औंठी, जुत्ता, कपडा लगायतका सामानहरु पठाई दिएका छौँ, भनी भन्सार शुल्क, डेलिभरी चार्ज जस्ता प्रयोजनको लागी रकम पठाउन लगाउने गरेको पाइएको छ।

यसका साथै उनीहरूले आकर्षक तलब सुविधामा विदेश पठाई दिन्छौं, भन्ने जस्ता विभिन्न लोभ प्रलोभनहरू सामाजिक सञ्जाल मार्फत देखाई विश्वासमा दिलाई प्रलोभनमा पार्ने गरेको अनुसन्धानका क्रममा खुलेको छ।

नेपालमा रहेका विभिन्न ब्यक्तिहरूको बैंक खातामा रकम पठाउन लगाइ अनलाइन मार्फत ४९ लाख ५८ हजार ८ सय रुपैयाँ रकम ठगी गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका व्यक्तिहरुउपर प्रचलित कानुन बमोजिम ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad