समाज


खोटाङमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार युवाको मृत्यु

खोटाङमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार युवाको मृत्यु

नेपालखबर
फागुन २०, २०८० आइतबार १२:४९, काठमाडौँ

खोटाङमा टिपरको ठक्करबाट एकजना युवकको ज्यान गएको छ। 

हलेसी-तुवाचुङ नगरपालिका वडा नं. १० अर्खौलेस्थित कामिडाँडामा दिक्तेल तर्फबाट आउँदै गरेको टिपरसँग ठोकिएर दुर्घटना हुँदा स ९ प १२१२ नम्बरको मोटरसाइकलमा सवार युवकको घटनास्थलमै ज्यान गएको हो। 

अहिले मोटरसाइकललाई ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

ज्यान गुमाउने युवक हलेसी-तुवाचुङ नगरपालिका-६ मङ्गलटार निवासी टंकल राई भएको प्रहरीले जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad