ad ad

समाज


प्रभु साहको आरोप : काठमाडौंमा महानगरको आतंक छ

प्रभु साहको आरोप : काठमाडौंमा महानगरको आतंक छ

फाइल तस्बिर


नेपालखबर
फागुन १८, २०८० शुक्रबार १३:२८, काठमाडौँ

आमजनता पार्टीका सांसद प्रभु साहले काठमाडौंमा अहिले महानगरपालिकाको आतंक रहेको बताएका छन्।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्ने क्रममा उनले महानगरपालिकाले गरिखाने मानिसहरूमाथि आतंक मच्चाएको बताएका हुन्।

‘काठमाडौंमा महानगरको आतंक छ। कवाडीहरूमा डोजर चलाइएको छ, व्यापारीहरूलाई दमन गरिएको छ’, उनले भने, ‘कवाड व्यवसायीहरूको सुरक्षाको ग्यारेन्टी गरियोस्। गैरकानुनी रुपमा कसैलाई आतंकित बनाउन पाइँदैन।’

उनले गरिब र व्यवासयीहरूलाई जबरजस्ती भगाउन खोजिएको बताए। ‘जबरजस्ती गरेर भगाउने काम भएको छ। लाखौँको रोजगारी खोस्ने काम भएको छ’, उनले भने, ‘काठमाडौंका मेयरको यो तरिकाले गरिखाने मानिसलाई बाँच्न गाह्रो भएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .