समाज


दोलालघाटमा अखाद्य बस्तुको किनबेच धेरै

दोलालघाटमा अखाद्य बस्तुको किनबेच धेरै

नेपालखबर
असार १६, २०७६ सोमबार २:४८,

काभ्रेको दोलालघाट बजारमा अखाद्य वस्तु, म्याद गुज्रेका पेय तथा खाद्य पदार्थ खुलारुपमा बिक्री हुँदै आएको छ।

जिल्ला बजार अनुगमन समितिले भुम्लु गाउँपालिकास्थित दोलालघाटमा गरेको बजार अनुगमनको क्रममा पसलहरुमा अखाद्य बस्तु भेटिएको हो।

बजार अनुगमनमा सहभागी सहायक प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले पसल सञ्चालकले म्याद गुज्रेका विभिन्न खाद्य सामग्री बिक्री गरेको पाइएको जानकारी दिए।

अखाद्य बस्तु बरामद पछि नष्ट गरिएको छ। पसल सञ्चालकलाई आइन्दा अखाद्य बस्तु नबेच्ने सचेत गराइएको पुरीले बताए।

‘हामीले किराना पसलमा गरेको अनुगमनमा म्याद गुज्रेका तीन कार्टुन सन् फ्लावर तेलको प्याकेट, वनस्पति घ्यू १४ प्याकेट, मिरिन्डा र स्प्राइड, खुर्सानी र बेसारको धुलो नष्ट गरेका छौँ,’ उनले भने, ‘यस क्षेत्रमा विशेष गरी माछामा अखाद्य वस्तु (रङ) मिसाएर बेचेको पायौँ।’

बजारमा धुलो धुँवा उडेको ठाउँमा खुलारुपमा खानेकुरा बेच्ने गरेको पाइएको प्रजिअ पुरीले बताए।

स्थानीय प्रशासनले व्यापारीलाई अखाद्य वस्तु प्रयोग नगर्न, धुलो नपस्ने गरी सिसाको बार लगाएर राख्ने, जालीले बेर्ने र प्लाष्टिकले छोपेर राख्न निर्देशन गरेको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख शिव भण्डारीले भुटेर खाने वस्तुमा रङ हालेर पकाएर खुवाएको खण्डमा दूषितअन्तर्गत कारवाही हुने बताए। ‘आज हामीले चेतावनी मात्रै दिएका छौँ, भोलिको दिनमा सुधार नगरी यस्तै गरी बिक्री वितरण गरेको पाइएमा कारवाही गर्न बाध्य हुन्छौँ,’ भण्डारीले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad