समाज


दुर्घटनामा पाँच घाइते, तीनको अवस्था चिन्ताजनक

दुर्घटनामा पाँच घाइते, तीनको अवस्था चिन्ताजनक

नेपालखबर
असार १६, २०७६ सोमबार २:२०,

रुकुमकोटबाट मुसीकोटतर्फ जाँदै गरेको लु १ ज ४११५ नम्बरको जीप सिस्ने गाउँपालिका–६ को पाखागाउँमा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। घाइतेमध्ये तीनको अवस्था गम्भीर छ।

दुर्घटनामा परेका पुथा उत्तरगङ्गा गाउँपालिका–५ हुकामका १८ वर्षीया कोपिला बुढा, सोही ठाउँकी १७ महीनाकी शिशु सुहाना मगर, आठबिसकोट नगरपालिका १० रुकुम (पश्चिम) का २३ वर्षीय सुरेन्द्र वलीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) का प्रहरी निरीक्षक वीरबहादुर सुनारले बताए।

त्यसैगरी दुर्घटनामा परी पुथा उत्तरगङ्गा गाउँपालिका १० की २६ वर्षीया ललिता बुढामगर र सोही ठाउँकी २० वर्षीया सुस्मिता बुढामगर पनि घाइते भएका छन्। गम्भीर घाइते भएकी सुहाना ललिताकी छोरी हुन्।

घाइतेको अहिले जिल्ला अस्पताल सल्ले रुकुम (पश्चिम) मा उपचार भइरहेको छ। जीप सडकबाट १५ मिटर तल खसेको प्रहरीले जनाएको छ।

गाडी चालक आठबिसकोट नगरपालिका–११ रुकुम (पश्चिम) का २२ वर्षीय राजेन्द्र विक प्रहरी नियन्त्रणमा रहेको र प्रारम्भिक अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सुनारले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad