ad ad

समाज


बालुवाटार जग्गा प्रकरण : नेपाल र भट्टराईलाई भ्रष्टाचारको मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट

बालुवाटार जग्गा प्रकरण : नेपाल र भट्टराईलाई भ्रष्टाचारको मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट

नेपालखबर
माघ २९, २०७६ बुधबार १०:३८,

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुरा भट्टराईलाई पनि मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा पुर्‍याउने नीतिगत निर्णय नेपाल र भट्टराईका पालामा भएको र उनीहरु दुवै जनालाई अख्तियारले उन्मुक्ति दिएको भन्दै भ्रष्टाचारको मुद्दा चलाउन आदेश माग गर्दै बुधबार रिट दर्ता गरेका हुन्।

अख्तियारले नीतिगत निर्णय भन्दै नेपाल र भट्टराईलाई उन्मुक्ति दिए पनि सो निर्णय कानुन विपरीत भएका कारण आफूले रिट दायर गरेको अधिवक्ता न्यौपानेले प्रतिक्रिया दिएका छन्।

न्यौपानेले दायर गरेको सो रिटको पेशी सर्वोच्चले शुक्रबारलाई तोकेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको जग्गा व्यक्तिका नाममा ल्याई हिनामिना गरेको भन्दै नेपाली कांग्रेसका उपसभापति एवं तत्कालीन भौतक पूर्वाधार तथा यातायात मन्त्री विजयकुमार गच्छदारसहित तीन मन्त्री, तीन पूर्वसचिवसहित १७५ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको थियो।

मन्त्रिपरिषदले गरेको निर्णयमा मन्त्रीलाई मात्र मुद्दा दर्ता गरेको भन्दै कांग्रेसले सडक र सदमा विरोध गरिरहेका बेला अधिवक्ता न्यौपाने दुवै पूर्वप्रधानमन्त्रीलाई भ्रष्टाचारको मुद्दा चलाउन आदेश माग्दै रिट दर्ता गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .