ad ad

समाज


लघुवित्त पीडितहरू संसद् भवनमा छिरेको छानबिन गर्न समिति

लघुवित्त पीडितहरू संसद् भवनमा छिरेको छानबिन गर्न समिति

तस्बिर : सरोज बैजु


नेपालखबर
फागुन १४, २०८० सोमबार १६:४०, काठमाडौँ

संघीय संसद् भवन परिसरमा लघुवित्त पीडितहरू प्रवेश गरेको विषयमा छानबिन गर्न तीन सदस्यीय समिति बनाइएको छ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले सोमबार भएको उक्त घटना छानबिनका लागि तीन सदस्यीय छानबिन समिति बनाइएको जानकारी दिएका हुन्।  

उनका अनुसार एसएसपी दिनेशराज मैनालीको नेतृत्वमा एसपी नवराज अधिकारी र डीएसपी दिनेश घिमिरे रहेको तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो।

लघुवित्त पीडितहरू संसद्मा छिरेपछि त्यहाँ तैनाथ भएका टोली पनि परिवर्तन गरिएको जानकारी कुँवरले सभामुख देवराज घिमिरेलाई दिएका छन्। 

संसद् भवन परिसरमा लघुवित्त पीडितहरू प्रवेश गरेको विषयमा सभामुख देवराज घिमिरेले आईजीपी कुँवरसँग गम्भीर चासो लिएका छन्। 

सभामुख घिमिरेले सोमबार नै प्रहरी महानिरीक्षक कुँवरबाट घटनाबारे जानकारी लिएका उनको सचिवालयले जनाएको छ। 

घिमिरेले संसद् भवनको सुरक्षा व्यवस्थापनबारे आफू गम्भीर र चिन्तित भएको पनि आईजीपी कुवँरसँग बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .